नेपालको इज्जत राख्दै स्वदेश फर्किदै सविना

समाचार समाज स्थानीय समाचार हेडलाइन १
623Shares

डोलबहादुर विक
पाल्पा, चैत्र १९ नेपालकी सविना श्रेष्ठ मलेसियामा भएको प्रथम एसियन पेसिफिक तेक्वाण्डो च्याम्पियनसिप प्रतियोगितामा स्वर्ण पदक जितेकी छन् । १४ गतेदेखि १९ गतेसम्म संचालित प्रतियोगिमा नेपालको प्रतिनिधित्व गर्दै सहभागि भएकी गुल्मी जिल्लाकी श्रेष्ठ ४४ देखी ५४ के.जी. समूहमा स्वर्ण पदक हासिल गरी नेपालको इज्जत राख्न सफल भएकी हुन् ।

उनी आजै नेपाल फर्कदै छन् । सोही अवसरमा उनलाई विभिन्न संघ संस्थाले स्वागत गर्ने कार्यक्रम समेत रहेको तेक्वाण्डो महासंघले जनाएको छ । गुल्मीको रुरु गाउँपालिका ४ वलेटक्सारमा जन्मिएकी श्रेष्ठले जिल्लाकै श्रीङ्गेश्वर तेक्वाण्डो दोजाङमा प्रशिक्षण लिएकी हुन् । १३ वर्षीय श्रेष्ठ ज्ञवा माध्यमिक विद्यालयमा कक्षा ७ कक्षामा अध्ययनरत छन् ।

उनी सानैदेखि तेक्वाण्डो खेलप्रति रुची राख्ने गर्थिन् । गुल्मी जिल्ला तेक्वाण्डो महासंघका जिल्ला अध्यक्ष तथा प्रशिक्षक भिम ज्ञवाली भन्नुहुन्छ मिहनत र लगनशीलताले अहिले उनलाई यो सफलता मिल्यो । श्रेष्ठले यस अघि पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा थुप्रै स्वर्ण पदक हासिल गरिसकेकी छन् । तर यो सफलता सबै भन्दा खुशीको क्षण रहेको प्रशिक्षक ज्ञवालीको भनाइ छ ।

उनको सफलताले जिल्लामा मात्र नभई देशभरीनै खुशीयाली छाएको छ । जिल्लामा पनि विभिन्न संघसंस्थाले विजेता श्रेष्ठको स्वागतको तयारी गरिएको ज्ञवालीले जानकारी दिनुभयो । प्रतियोगिताका लागि नेपालबाट महिला तर्फ सविना र पुरुष तर्फ गुल्मी जिल्लाकै विपिन श्रेष्ठ सहभागी भएका थिए ।

Facebook Comments

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ