किवी खेतीमा किसानको आकर्षण बढ्दो

पुर्वखोला गाउँपालिका समाचार समाज स्थानीय समाचार हेडलाइन १
0Shares

डोलबहादुर विक
पाल्पा, भदौ ३० । पछिल्लो समय पाल्पाका किसान किवी खेती तर्फ आकर्षित भएका छन् । किवीले राम्रो आम्दानी दिन थालेपछि पूर्वखोला गाउँपालिका किसान किसानहरु किवी खेती तर्फ आकर्षित भएका हुन् । केही वर्ष अघि आफ्नो बारीमा घुम्ती बाली लगाउने किसानहरु अहिले किवी लगाएका छन् । गत वर्ष जिल्लाको पूर्वखोला गाउँपालिका–२ जल्पाको ढोलिमारामा परिक्षणका रुपमा लगाएको किवीले राम्रो उत्पादन दिएपछि जल्पाका किसनाहरु व्यवसायिक रुपमा यस खेती तर्फ आकर्षित भएका हुन् ।

किवीको व्यावसायिक खेती गरी प्रसस्त आम्दानी लिन सकिने सम्भावना रहेकाले यहाँका किसान घुम्ती बाली छोडी यस खेती अवलम्बन गर्न तर्फ लागी परेको स्थानीय बासिन्दा भीमबहादुर सारुले बताए । गत वर्ष कवुलियती वन कार्यक्रम मार्फत पाँच वर्ष अघि लगाएको हेवार्ड जातको एक भाले र नौ पोथी किवीको बिरुवाले गत वर्षबाट राम्रो उत्पादन दिन थालेपछि किसानहरु थप उत्साहित भएको उनले बताए । पाल्पामा किवी खेती राम्रो हुन्छ भन्ने लागेको थिएन अर्का किसान डोलबहादुर घर्तीले भने अहिले आफ्नै आँखा अगाडी लट्टरम्मै फलेको देख्दा सारै खुशी लागेको छ । यहाँ उत्पादन भएका किवी गाउँबाटै प्रतिकिलो ५०० देखी ८०० रुपैयाँ सम्म विक्री हुने गरेको उनले बताए । यस क्षेत्रका किसानले विभिन्न समुहमा आवद्धभई १२ रोपनी जग्गामा किवी खेती गरेका छन् ।
किवीको खेती सफल भएपछि गाउँपालिकाले जल्पाको ढोलीमारा, मैदान र साठीकोललाई पकेट क्षेत्र बनाउने योजना अघि सारेको छ । पकेट क्षेत्रको रुपमा यस क्षेत्रलाई विकास गर्नका लागि गत वर्ष किवीको १०० बोट विरुवा लगाएको गाउँपालिकाका प्रवक्ता नीरबहादुर सारुले बताए । ढोलीमारा, मैदान र साठीकोललाई किवीको पकेट क्षत्र बनाउने योजनामा छौ उनले भने यस वर्ष पनि किवी खेती कार्यक्रमको लागि गाउँपालिकाले बजेट विनियोजन गरेको छ । सुरुमा एक पटक लगानी गरेपछि भौगोलिक अवस्था हेरेर ३० देखी ५० वर्षसम्म उत्पादन दिइरहने र बजारको समेत अभाव नहुने भएकाले किसान किवी खेतीतर्फ आकर्षित भएको गाउँपालिकाका कृषि शाखा प्रमुख सन्तोष कंडेलले बताए ।

Facebook Comments

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ