पाल्पामा कोरोना संक्रमितको संख्या ६ सय ६६ पुग्यो

समाचार समाज स्थानीय समाचार हेडलाइन १
0Shares

पाल्पा, पाल्पामा सोमबार थप ६ जनामा कोरोना संक्रमणित थपिएसँगै जिल्लामा संक्रमितको संख्या ६ सय ६६ पुगेको छ । अस्पताल क्षेत्रमा गरिएको परिक्षणमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । १६ जनाको परिक्षण गरिएकोमा ६ जनाको रिपोर्ट पोजेटिभ आएको कार्यालयले जनाएको छ । यता पूर्वखोला गाउँपालिकाको समुदायस्तरमा १८३ जनाको स्वाव परिक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ त्यस्तै रैनादेवी छहरा गाउँपालिकामा पनि ६४ जनाको परिक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको हो । जिल्लामा कोरोना संक्रमितको कुल संख्या ६ सय ६६ मध्ये ५७७ जना निको भएर घर फर्किएका छन् भने २ जनाको मृत्यु भएको छ ।

Facebook Comments

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ