बाल दिवसको अवसरमा रिब्दीकोटमा निवन्ध प्रतियोगिता सम्पन्न

समाचार स्थानीय समाचार हेडलाइन २
0Shares

संगिता आचार्य
पाल्पा, पाल्पाको रिब्दीकोट गाउँपालिकामा बाल दिवसको अवसरमा गाउँपालिका स्तरीय निवन्ध प्रतियोगिता भएको छ । ‘विपदमा बाल अधिकारको सुनिश्चितता, हामी सबैको प्रतिबद्धता’ भन्ने नाराका साथ मुलुक भर मनाइएको दिवसको अवसरमा गाउँपालिकाको शिक्षाको आयोजनामा निवन्ध प्रतियोगिता गरिएको हो ।
प्रतियोगितामा आदर्श मा.वि. रिब्दीकोट २ देउराली की करीना पोखरेल प्रथम भएकी छन् । प्रभात मावि पालुङ्मैनादीका हुमिन कुमाल दोस्रो, भैरव जनता मावि रिब्दीकोट ४ भैरवस्थानकी आकृति ज्ञवाली तेस्रो र सोही विद्यालयका मदन क्षेत्रीले सान्तोना स्थान हासिल गरेको गाउँपालिकाका शिक्षा इकाई प्रमुख मणिप्रसाद खनालले जानकारी दिनुभयो । प्रतियोगितामा ७ विद्यालयका १५ जना प्रतियोगी सहभागी थिए । प्रतियोगिताका प्रथमले ५ हजार, दोस्रो ४ हजार, तेस्र्रोले ३ हजार र सान्तोनाले १ हजार रुपैयाँ पुरस्कार पाउने छन् ।

Facebook Comments

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ