शम्भु मावि क्वारेन्टाइनमा राखिएका एक युवाको मृत्यु

समाचार समाज स्थानीय समाचार स्वास्थ्य हेडलाइन २
0Shares

डोलबहादुर विक
पाल्पा, पाल्पाको पूर्वखोला गाउँपालिका २ जल्पास्थित क्वारेन्टाइनमा राखिएका पूर्वखोला गाउँपालिकाका १ सिलुवाका ४५ वर्षीय एक युवाको मृत्यु भएको छ । उनको आइसियुमा उपचारका क्रममा तानसेनको मिसन अस्पतालमा आज विहान मृत्यु भएकोे पूर्वखोला प्रहरी चौकीले जनाएको छ । भारतको मुम्बईबाट आएका ती पुरुषमा अत्याधिक ज्वरो आउने, खोकी लाग्ने, सास फेर्न गाह्रो हुने, पेट फुल्लिने जस्ता लक्ष्यण देखिएपछि उनलाई उपचारका लागि सोमबार तानसेनको मिसन अस्पतालमा लगिएको थियो । उनको कोरोनासंग मिल्दोजुल्दो लक्षण देखिएकोे मिशन अस्पतालका प्रशासकीय प्रमुख जीवन भट्टराईले जानकारी दिए । उनको स्वाब परिक्षणका लागि पठाएपनि कोरना परिक्षण नतिजा भने आउन बाँकी रहेको बताइएको छ । क्वारेन्टाइनमा आएर एक रात विताएका उनलाई स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि उपचारका लागि मिसन अस्पताल पुर्याइएको थियो ।

Facebook Comments

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ