आधारभूत तहका बालबालिकालाई लक्षित गरि श्रीनगर टेलिभिजनमा हेर्दै सिक्दै संचालन

समाचार हेडलाइन १
0Shares

बिकाश काफ्ले

पाल्पा लकडाउनका कारण घरमै बस्न बाध्य भएका आधारभूत तहका बालबालिकाहरुलाई लक्षित गर्दै श्रीनगर टेलिभिजनबाट हेर्दै सिक्दै संचालन भएको छ । कक्षाा ४ देखी ८ सम्मका बालवालिकाहरुलाई ५ वटा विषयहरु दैनीक ३ घण्टाको कार्यक्रम सञ्चालन गरेको छ । टेलिभिजन पाठशाला हेर्दै सिक्दै कार्यक्रममा आइतबार सोमबार मंगलबार कक्षा ६, ७, ८, को गणित, बिज्ञान र नेपाली कक्षा ४ र ५ को अंग्रेजी र सामाजिक बुधबार बिहीबार र शुक्रबार कक्षा ४ र ५ को गणित बिज्ञान र नेपाली कक्षा ६, ७, र ८ को अंग्रेजी र सामाजिक बिषयहरू सिकाइने पाठशाला संयोजक कृष्ण बहादुर थापाले जानकारी दिनुभयो । रिड नेपाल द्वारा तानसेन नगरपालिका पाल्पाको समन्वयमा देववाणी संस्कृत तथा साधारण मावि, जनप्रिय मावि र लुम्बिनी मावि तानसेन पाल्पाको सहकार्यमा उत्पादित हेर्दै सिक्दै कार्यक्रम ग्रीन तारा नेपाल फेडो नेपाल र रीड नेपालबाट श्रीनगर टेलिभिजन संगको सहकार्यमा संचालन भएको टेलिभिजनका व्यवस्थापक विष्णु घिमिरेले जानकारी दिनुभयो । कोरोना संक्रमण फैलन सक्ने भन्दै सरकारले घोषणा गरेको लकडाउन लम्बिएपछि घरमै रहेका बालबालिकाहरूको पठनपाठनमा सहजता ल्याउने उद्देश्यले टेलिभिजन पाठशाला हेर्दै सिक्दै तयारी कक्षा सुरू गरेको छ । कार्यक्रमले विद्यार्थीलाई पाठनपठनमा सहज हुने बिश्वस लिएको छ । विद्यार्थीलाई हेर्दै सिक्दै बाट पाठनपठन हुँदा अभिभावकहरूर बिद्यार्थीहरु दुबै लाभान्बित हुने श्रीनगर टेलिभिजनका अध्यक्ष कमलराज तिमिल्सेनाले बताउनुभयो ।

Facebook Comments

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ