माथागढी वडा नं.१(चिदिपानि) सिल

सुमन गाहा पाल्पा,समुदायस्तरमा कोरोना भाइरसको संक्रमण देखिएपछि पाल्पाको माथागढी गाउँपालिका वडा नंं.१ चिदीपानि स्थित वडा नं.१ को कार्यालय रहेको सातदोबाटो आसपासका क्षेत्र अत्यावश्यक सेवा र स्वास्थ्य सेवा बाहेकका अन्य सेवाहरु भदौं २९ गतेसम्मका लागि बन्द हुने भएको छ। गाउँपालिकाको सोमबार बसेको गाँउकार्यपालिकाको बैठकले माथागढी गाउँपालिका वडा नं.१ को चिदीपानि स्थित (वडा नं.१ को कार्यालय रहेको […]

Continue Reading

आईतवार पाल्पामा एकै दिन १६ जनामा कोरोना संक्रमित

संगिता आचार्य पाल्पा– पाल्पामा आइतवार एकैदिन १६ जना कोरोना संक्रमित थपिएका छन् । जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका अनुसार कोरना संक्रमित माथागढीका ५ पुरुष, रैनादेवी छहराका १ महिला १ पुरुष, बगनासकालीका १ पुरुषर तिनाउँ गाउँपालिकाका ८ पुरुष गरी १६ जनामा कोरोना संक्रमित देखिएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओम प्रकाश पन्थीले बताउनुभयो । उहाँका अनुसार […]

Continue Reading

माथागढी गाउँपालिकामा अग्र पंतीमा रहेरकाम गर्नेहरुको कोरना परीक्षण

सुमन गाहा पाल्पा,माथागढी गाउँपालिकाले कर्मचारी सहित अग्र भागमा रहेका काम गर्नेहरुको पिसिआर परीक्षण गरेको छ । कोरोना महामारीका बेला अग्र भागमा रहेका काम गर्दै आएका सुरक्षाकर्मी, बैंकका कर्मचारीहरु, व्यापारी, होटेल व्यवसायी, स्वास्थ्यकर्मीहरु, वैदेशिक रोजगारीबाट भर्खरै घरमा आई होमक्वारेन्टाइनमा बसेकाहरु, जनप्रतिनिधिहरु, गाउँपालिकाका कर्मचारीहरु, शिक्षकहरु र मेडिकल सञ्चालकहरुको परीक्षण गरिएको हो । जिल्लामा संक्रमण समुदायस्तरमै पुगिसकेकाले परीक्षणको […]

Continue Reading

माथागढी गाँउपालिकाका स्वास्थ्य संस्थाहरूको बार्षिक कार्य समिक्षा गरियो

पाल्पा, माथागढी गाउँपालिका अन्तरगतका स्वास्थ्य संस्थाहरूको आ.व. २०७६्र०७७ को वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ।माथागढी गाउँपालिका अन्तर्गत रहेको ५ वटा स्वास्थ्य चौकी तथा २ वटा स्वास्थ्य इकाईहरुको आ.व. २०७६।०७७ को कार्यप्रगतिको समिक्ष बैठक माथागढी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजु नेपालको अध्यक्षतामा भएको छ । प्रमुख अतिथि माथागढी गाउँपालिकाका अध्यक्ष सन्तोष कुमार थापा , विशिष्ट अतिथि […]

Continue Reading

चिदीपानीमा प्रत्येक वर्ष हुने तीज विशेष कार्यक्रम यस वर्ष नहुने

पाल्पा, पाल्पाको माथागढी गाउँपालिका १ चिदीपानेमा प्रत्येक वर्ष हुने तीज विशेष कार्यक्रम यस वर्ष नहुने भएको छ । कोरोना भाईरसका कारण तीज विशेष कार्यक्रम नहुने भएको हो । विश्व महामारीका रुपमा फैलिदै गएको कोरोना भाइरस कोभिड १९ लाई मध्येनजर गरी सो कार्यक्रम नहुने निर्णय भएको सप्तपथ युवा क्लव चिदी पानीले जनाएको छ । पाल्पाको माथागढी […]

Continue Reading

बाँसटारी–झडेवा–रहबास–दुम्कीबास जोड्ने सडक खण्ड कालोपत्रे हुने

सुमन गाहा पाल्पा, बासटारी–झडेवा–रहबास–दुम्कीबास जोड्ने सडक खण्ड कालोपत्रे हुने भएको छ । तानसेन नगरपालिका र माथागढी गाउँपालिकाको सीमाना सराईदेखि दुम्कीबाससम्म जोड्ने सडक यस बर्ष कालोपत्रे हुने भएको हो । गाउँपालिकाले आर्थिक वर्ष २०७७÷०७८ मा यो योजना गौरवको योजनाको रूप अघि सारेको माथागढी गाउँपालिका अध्यक्ष सन्तोष थापाले जानकारी दिनुभयो । यो मोटरबाटो कालोपत्रे, चौडा गर्ने र […]

Continue Reading

भोलीबाट माथागढीका सबै विद्यालय खुल्ने

पाल्पा, कोरोना भाईरस कोभिड १९ का कारण बन्द भएको पाल्पाको माथागढी गाउँपालिकाका विद्यालयहरु भोलीबाट खुल्ने भएका छन् । कोरोनाका कारण क्वारेन्टाइन बनाईका विद्यालयहरु पनि खानी हुँदै गएको र निर्मलीकरणको कार्य समेत भएकाले भोली देखि विद्यालय खोल्ने निर्णय भएको माथागढी गाउँपालिकाका प्रशासकीय अधिकृत राजु नेपालले जानकारी दिनुभयो । उहाँका अनुसार विद्यालयको परिवेश र अवस्था अनुसारका गतिविधि […]

Continue Reading

माथागढी गाँउपलिकाका क्वारेन्टाइनमा डिसइन्फेक्सन स्प्रे छर्कियो

सुमन गाहा पाल्पा, कोरोनाको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि माथागढी गाँउपालिकाले आफ्नो वडामा रहेका क्वारेन्टाइनमा (डिसइन्फेक्सन स्प्रे) छर्कने अभियान सुरू गरेको छ । माथागढी गाँउपालिकाले आफ्नो आठ वटै वडा भित्र रहेका क्वारेन्टाइनमा (डिसइन्फेक्सन स्प्रे) नामक छर्कने अभियान सुरु गरेको माथागढी गाँउपालिकाका अध्यक्ष सन्तोष थापाले जानकारी दिनुभयो । अहिले यहाँका क्वारेन्टाइन बनाइएका विद्यालय, चर्चहरुमा (डिसइन्फेक्सन स्प्रे) […]

Continue Reading

विद्युत अवरुद्ध हुँदा पुक्तुङ र गोठादीका सयौं घरधुरी अन्धकारमा

संगीता रेग्मी पाल्पा, पाल्पाको माथागढी गाउँपालिका–५ पुक्तुङमा २४ दिन देखि विद्युत अवरुद्ध हुँदा स्थानीय अन्धकारमा रात विताउन बाध्य बनेका छन् । माथिबाट खसेको पहिरोका कारण झुम्साखोला लघुवित्त आयोजना अवरुद्ध हुँदा गोठादी, पुक्तुङका सयौं घरधुरी अन्धकारमा रात विताउन बाध्य भएका हुन् । आयोजनाको बाँधमा बारम्बार पहिरो खसेपछि विद्युत अवरुद्ध भएको स्थानीय सिर्जना रेग्मी जानकारी दिइन । […]

Continue Reading

माथागढी गाउँपालिकामा अपाङ्ग सहयोगी सामाग्री वितरण

सुमन गाहा पाल्पा, माथागढी गाँउपालिकाले मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रम अन्तर्गत अपाङ्ग सहयोगी सामाग्री वितरण गरेको छ। माथागढी गाँउपालिकाले मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रम अन्तर्गत आफ्नो आठ ओटै वडामा रहेका ४८ जना अपाङ्गहरुका लागि सहयोगी सामाग्री वितरण गरेको छ । माथागढी गाँउपालिका भित्रका अपाङ्ग भएका व्यक्तिहरुको आवागमन र दैनिकचर्यामा सहजता होस भन्ने उद्देश्यले सहयोगी सामाग्री वितरण गरेको […]

Continue Reading