पशुपालनबाट राम्रो आम्दानी गर्दै पाण्डे

नवराज ज्ञवाली पाल्पा, पाल्पाको तानसेन नगरपालिका–७ रक्साहका कुलप्रसाद पाण्डे र पम्फा पाण्डेले गाईभैसी पालेर राम्रो आम्दानी गरेका छन् । व्यवसायिक रुपमा गाईभैंसी पाल्नु अघि भारतको महाराष्ट्र स्थित बम्बईमा डाइभरिङ्ग गरी १४ वर्ष भारतमा रोजगार गरी बसेका उनी दोस्रो पटक भने दुबै गएको बताए । दुबइमा रहदा व्यापरिक फर्ममा काम गरेकोले त्यहीबाट व्यापार व्यवसाय नै गर्नुपर्छ […]

Continue Reading

कोरोना संक्रमण देखिएपछि पाल्पा अस्पताल बन्द

सँगिता आचार्य पाल्पा – पाल्पा अस्पतालमा इमर्जेन्सी सेवा बाहेक अन्य सेवा आइतबार देखि बन्द छ । अस्पताल को संचालन समितिको बैठकले अस्पतालमा उपचाररत बिरामीमा खटिएका स्वास्थ्यकर्मीको कोरोना संक्रमण देखिएपछि आकस्मिक सेवा बाहेक अन्य सेवा बन्द गर्ने निर्णय गरेको छ । अस्पतालका डा. जगदीश कुँवरलले संक्रमितको रिपोर्ट नेगेटिभ नआउँदासम्म ओपिडी सेवा बन्द हुने जानकारी दिनुभयो ।

Continue Reading

पाल्पामा २० गते देखि निषेधाज्ञा खुल्यो,

सुमन कार्की पाल्पा,पाल्पामा कोरोना सक्रमण जोखिम लाई मध्यनजर गर्दै लगाएको दुई हप्ते निषेधाज्ञा हटेको छ । जिल्ला प्रशासन कार्यालय पाल्पाले भदौ ५ गते देखी १९ गते सम्म लगाएको निषेधाज्ञा भदौ २० गते देखी लागु हुने गरी हटाएको हो । कोरोना सक्रमणको जोखिम हँदा हुदै पनि सुरक्षा सावधानी अपनाएर विहान ७ बजे देखी बेलुका ५ बजेसम्म […]

Continue Reading

पाल्पामा एकै दिन ५ जनामा कोरोना संक्रमण

सँगिता आचार्य पाल्पाको तानसेन र रिव्दीकोटमा गरि एकै दिन ५ जनाको कोरोना संक्रमण पुष्टी भएको छ । जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओम प्रकाश पन्थीका अनुसार तानसेन नगरपालिकामा ४ पुरुष र रिव्दीकोट गाउँपालिकाको १ महिलामा कोरोना संक्रमण भएको रिपोर्ट प्राप्त भएको बताउनुभयो । उहाँहरु सबै भारत तथा तेस्रो मुलुकबाट आएर होम क्वारेन्टाइनमा बसेका व्यक्तिहरु […]

Continue Reading

तरकारीबाट लाखौ आम्दानी

पाल्पा, पाल्पाको तानसेन नगरपालिका–७, कुन्सरेका टंकनाथ ढकालले तरकारी खेतीबाट राम्रो आयआर्जन गरेका छन् । २२ वर्षसम्म भारतमा जागिर गरेका ढकालले भारतको जागिर छाडेर नेपालमै केही गर्नुपर्छ भनेर उनले तरकारी खेती सुरु गरेका हुन् । ढकाल अहिले गाउँमा सफल कृषकको रुपमा परिचित छन् । उनी यस क्षेत्रमा उदाहरणीय बनेका छन् । ५ लाखको लगानीमा ८ रोपनी […]

Continue Reading

सरस्वती माविको ६४ औं वार्षिकोत्सव

नवराज ज्ञवाली पाल्पा, तानसेन नगरपालिका –७ सुन्दर गाउँमा रहेको सरस्वती माध्यमिक विद्यालयले ६४ औं वार्षिकोत्सव सम्पन्न गरेको छ । वि.स. २०१३ सालमा स्थापित यस विद्यालयले विभिन्न समस्याहरु झेल्दै र भोग्दै आजको यस अवस्थामा आईपुगेको हो । विद्यालयले ६४ औ वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरी वार्षिकोत्सव मनाएको छ । कार्यक्रममा प्रमुख अतिथि […]

Continue Reading

पाल्पामा संचालित नवौं जिल्ला स्तरीय तेक्वाण्डो प्रतियोगिता सकियो

पाल्पा, पाल्पामा संचालित नवौं जिल्ला स्तरीय तेक्वाण्डो प्रतियोगिता सकिएको छ । तानसेनको टुडिखेल मैदानमा भएको प्रतियोगिता शनिबार सकिएको हो । प्रतियोगितामा स्पारिङ तर्फ पुरुषमा २१–२५ केजी समूहमा तानसेन दोजाङका एन्जल रेग्मीले स्वर्ण पदक प्राप्त गरे । ३६–४० केजी समूहमा तानसेन दोजाङकै रजन रेग्मीले स्वर्ण पदक हासिल गरे । ४१–४५ केजी समूहमा आवसीय दोजाङका अशोक पुलामीले […]

Continue Reading

भैसी बचाउन जाने लम्तरीलाई भैसीलेनै बचायो

सुमन कार्कीपाल्पा, मान्छेले पशुलाई बचाएका कुरा धेरै सुनिन्छ तर पशुले मान्छे बचाएको कमै सुनिन्छ र भेटिन्छ । सुन्दा अचम्म लाग्छ । तर अचम्म मान्नु पर्दैन् । तानसेन नगरपालिका ३ भगवतीटोलका ४८ वर्षीय तेज बहादुर लम्तरीको जीवनमा यस्तो घटना घटेको छ । लम्तरी नर बहादुर र आमा मिना लम्तरीका मार्इृला छोरा हुन् । उनको जीवन भैसीले […]

Continue Reading

आफ्नै सीप र कलामा टिकेको अम्बर गुरूङको हस्तकला

बिकाश काफ्ले पाल्पा, उनी मेहनती छन् र पौरखी पनि भन्ने कुरा उनको निवासमा पुगे पछि पुष्टि हुन्छ हस्तकला धनी अम्बरबहार गुरुङलाई कामको साँचो छैन, बिजुलीले औजारहरू जोडन पाए अझै राम्रा र धेरै काष्ठकलाका सामग्री बनाउँथेँ भन्ने उनको ईच्छा छ।बिहान बेलुका छाक टार्न पेन्सनको निश्चित रकम र कहिलेकाही बिक्री हुने उनको काष्ठककलाका सामग्री आम्दानी बाहेक श्रिमतीको […]

Continue Reading

निर्वाचित दलित जनप्रतिनिधि र पत्रकारबीच गोष्ठी

पाल्पा, साउन ६, पाल्पामा निर्वाचित दलित महिला जनप्रतिनिधि राजनीतिक सशसक्तिकरणका अन्र्तगत लेखन र प्रकाशन लागि मिडियासँग सम्बन्ध विस्तार विषयक कार्यशाला गोष्ठी भएको छ । दलित महिला केन्द्र नेपालको आयोजनमा तानसेनमा उक्त कार्यक्रम भएको हो । महिला, दलित तथा सीमान्तकृत समुदायका तथ्यगत मुदा र विषयहरुमा लेखिएका लेख, रचना प्रकाशनयोग्य बनाई राष्ट्रिय तथा स्थानीय सञ्चार माधयममा प्रकाशन […]

Continue Reading