पशुपालनबाट राम्रो आम्दानी गर्दै पाण्डे

नवराज ज्ञवाली पाल्पा, पाल्पाको तानसेन नगरपालिका–७ रक्साहका कुलप्रसाद पाण्डे र पम्फा पाण्डेले गाईभैसी पालेर राम्रो आम्दानी गरेका छन् । व्यवसायिक रुपमा गाईभैंसी पाल्नु अघि भारतको महाराष्ट्र स्थित बम्बईमा डाइभरिङ्ग गरी १४ वर्ष भारतमा रोजगार गरी बसेका उनी दोस्रो पटक भने दुबै गएको बताए । दुबइमा रहदा व्यापरिक फर्ममा काम गरेकोले त्यहीबाट व्यापार व्यवसाय नै गर्नुपर्छ […]

Continue Reading

पहिरोको जोखिममा श्रीकृष्ण मावि

पाल्पा, पाल्पाको रम्भा गाउँपालिका–३ झेस्काङमा रहेको श्रीकृष्ण माध्यमिक विद्यालय पहिरोको उच्च जोखिममा रहेको छ । लगातार वर्षातका कारण विद्यालयको अगाडिबाट पहिरो खसेपछि विद्यालय जोखिममा परेको हो । विद्यालयको प्रवेशद्धारबाट गएको पहिरोले १ घरमा पूर्णरुपमा भौतिक क्षती समेत पुर्याएको छ । अविरल बर्षातका कारण विद्यालय तलको घरै पुरिने गरी पहिरो गएपछि विद्यालय सहित गाउँ समेत पहिरोको […]

Continue Reading

माथागढी स्वास्थ्य चौकीबाट हालसम्म ६४ जनाले प्रसुति सेवा लिए

सुमन गाहा पाल्पा, माथागढी गाउँपालिकामा वर्थिङ सेन्टरबाट हालसम्म ६४ जनाले प्रसुति सेवा लिएका छन् । वर्थिङ् सेन्टर सुरु भएसँगै यहाँका महिलाहरुलाई प्रसुतिका लागि सहज भएको छ । गाउँपालिकामा वर्थिङ सेन्टर संचालनमा आएयताको तथ्याङ्क हेर्दा ६४ जना महिलाले सुरक्षित प्रसुति सेवा लिएका छन् । गाउँमै भरपर्दो प्रसुति सेवा संचालनमा आएपछि गाउँबासीलाई सहज भएको छ । माथागढी […]

Continue Reading

माथागढीमा भारतबाट फर्किएका ३९ जनाको स्वाव संकलन

सुमन गाहा पाल्पा, पाल्पाको माथागढी गाउँपालिकामा भारतबाट फर्किएका ३९ जनाको पिसिआर परीक्षणका लागि स्वाव संकलन गरिएको छ । गाउँपालिकाको वडा नं. ४ मा १८ जना, वडा नं. १ मा ९ जना र ३ मा २२ जनाको स्वाव संकलन गरिएको गाउँपालिकाका स्वास्थ्य संयोजक केशव जि.सि ले जानकारी दिनुभयो । माथागढी गाउँपालिकामा हालसम्म ९०३ जनाको कोरोना परीक्षण […]

Continue Reading

फोक्सिङ्कोट पहिरोमा परी बेपत्ता पाँच जनामध्ये २ महिलाको शव फेला

संगिता आर्चाय पाल्पा, पाल्पाको रम्भा गाउँपालिका–२ फोक्सिङकोटमा पहिरोमा परी वेपत्ता भएका ५ जना मध्ये २ महिलाको शव फेला परेको छ । बिहिबार लगातार बर्षाका कारण पहिरोले घर पुरिदा बेपत्ता भएका ५ मध्ये शुक्रबार २ जनाको शव फेला परेको हो । पहिरोमा परि ६३ वर्षीया हुम बहादुर गाहा, उनका श्रीमती ४७ वर्षीया धनी सरा, छोरी १६ […]

Continue Reading

पाल्पामा पहिरोले घर पुरिँदा ६ जना बेपत्ता

पाल्पा, पाल्पामा पहिरोले पुरिएर ६ जना बेपत्ता भएका छन्। रम्भा गाउँपालिका २ फोक्सिङकोटस्थित बेलङ्जाका हुमबहादुर गाहा र मन बहादुर गाहाको घर विहीबार पुरिएको हो । हुमबहादुर गाहा उनकी श्रीमती धनिसरा गाहा, छोरी कृष्णा गाहा, नातिनिहरू आशिका गाहा र खुमिसरा गाहा बेपत्ता भएको वडाध्यक्ष उमानसिह सारूले बताए । उनकाअनुसार बिहान करिब ४ बजे पहिरोले पुरिएका हुन् […]

Continue Reading

माथागढीमा पुनः स्वाव संकलन

सुमन गाहा पाल्पा,माथागढी गाँउपालिकामा समुदाय स्तरमा कोरोना भाईरस संक्रमण फैलन थालेपछी पुनः समुदाय स्तरबाट स्वाब संकलन गरेको थियो। माथागढी गाउँपालिकाकाले भदौ १०,११ र १६ ,१७ गते गरेर लिईएको १८३ जना मा १७५ जनाको पि सि आर रिपोर्ट नेगेटिभ आएको र ८ जना पोजेटिभ देखिएको थियो । पोजेटिभ रिपोर्ट आउनेहरूलाई पाल्पा मिसन अस्पतालको आईस्वलेसन मा २ […]

Continue Reading

खड्गबहादुरको चितुवासँग भिडन्त

संगिता आचार्य, पाल्पा–रम्भा गाउँपालिका–१, कराङ्दी खोलामा चितुवाले गाई बाख्रा चराउन गएका ५२ वर्षीय खड्ग बहादुर फाल लाई आक्रमण गर्दा चितुवाको मृत्यु भएको छ । खड्ग बहादुरलाई हातमा र कम्मरमा समाएर आक्रमणमा उत्रिएको चितुवालाई मारिएको हो । ५२ वर्षीय माहारे (गाईबाख्रा चराउने व्यक्ति) खड्ग बहादुर चितुवा सँग भिडेका थिए । भिड्ने क्रममा चितुवाको आक्रमणबाट फाल घाइते […]

Continue Reading

किवी खेतीमा किसानको आकर्षण बढ्दो

डोलबहादुर विक पाल्पा, भदौ ३० । पछिल्लो समय पाल्पाका किसान किवी खेती तर्फ आकर्षित भएका छन् । किवीले राम्रो आम्दानी दिन थालेपछि पूर्वखोला गाउँपालिका किसान किसानहरु किवी खेती तर्फ आकर्षित भएका हुन् । केही वर्ष अघि आफ्नो बारीमा घुम्ती बाली लगाउने किसानहरु अहिले किवी लगाएका छन् । गत वर्ष जिल्लाको पूर्वखोला गाउँपालिका–२ जल्पाको ढोलिमारामा परिक्षणका […]

Continue Reading

पाल्पामा कोरोना संक्रमितको संख्या ६ सय ६६ पुग्यो

पाल्पा, पाल्पामा सोमबार थप ६ जनामा कोरोना संक्रमणित थपिएसँगै जिल्लामा संक्रमितको संख्या ६ सय ६६ पुगेको छ । अस्पताल क्षेत्रमा गरिएको परिक्षणमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । १६ जनाको परिक्षण गरिएकोमा ६ जनाको रिपोर्ट पोजेटिभ आएको कार्यालयले जनाएको छ । यता पूर्वखोला गाउँपालिकाको समुदायस्तरमा १८३ जनाको स्वाव […]

Continue Reading