शुक्रवार, अगस्ट 07, 2020

स्थानीय समाचार :

दुग्ध र तरकारी उत्पादक किसानलाई अनुदान

सुमन गाहा पाल्पा, माथागढी गाँउपालिकाद्वारा उत्पादनमा आधारित प्रोत्साहन रकम वितरण कार्यक्रम सम्पन्न भएको छ । माथागढी गाउँपालिकाले किसानलाई कृषिमा उत्साहित बनाउन किसानले उत्पादन गरेका कृषि उपजमा प्रोत्साहन रकम दिएको हो । गाउँपालिकाले किसानलाई आत्मनिर्भर बनाउने र कृषि क्षेत्रमा उनीहरुलाई आकर्षित गर्ने उद्देश्यले माण्डव्य कृषि सहकारी संस्था मार्फत ३९ जना दुग्ध र २९ जना तरकारी तथा […]

राष्ट्रिय :

बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या ६७ पुग्यो

काठमाडौं । अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या ६७ पुगेको छ । मृत्यु हुनेमध्ये २६ महिला र ४१ पुरुष छन् । बाढी, पहिरो र डुबानमा परी काठमाडौंमा ३ जना, मकवानपुरमा ६ जना, ललितपुर, रौतहट र भोजपुरमा ५/५ जना, ओखलढुंगा, सिराहा र सिन्धुलीमा ४/४ जना, खोटाङ, धनुषा […]

पाल्पाको लुम्बिनी मेडिकल कलेजबाटै जन्मेको ४ घन्टामा नवजात शिशु गायव, प्रहरीले अनुसन्धान थाल्यो

पाल्पा । लुम्बिनी मेडिकल कलेज प्रभासबाट शुक्रबार दिउँसो नवजात शिशु गायब भएको खबर सार्वजनिक भएको छ । अस्पताल परिसरबाटै भएको यो घटनाबाट जिल्ला बासी अचम्मित भएका छन् । तानसेन नगरपालिका–९ की २२ वर्षीया जमुना रानाको नवजात शिशु अस्पतालबाटै हराएको भन्ने खवर पाएपछि प्रहरीले अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय पाल्पाका डिएसपी कृष्णराज सापकोटाले बताए । करिव […]

राजनीति :

प्रचण्डनिवासमा बेग्लै बैठक

काठमाडौं , ४ मंसिर । मंसिरमा महाधिवेशन गर्ने केपी ओलीको प्रस्तावमा सहमति जनाएपछि आफ्नै गुटमा आलोचित बनेका नेकपा अध्यक्ष प्रचण्डले बरिष्ठ नेताहरुलाई बोलाएर ओलीसँगको कुराकानी’bout प्रष्ट्याउने प्रयास गरेका छन् । प्रचण्डनिवास खुमलटारमा बिहान ९ बजेदेखि सचिवालयका चार नेताहरुबीच छलफल भइरहेको छ । छलफलमा बरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ छन् । […]

Trending खबर

Like Us On Facebook

Facebook Pagelike Widget

अर्थ/बाणिज्य :

जनसेवा सहकारीको साधारण सभा सम्पन्न

पाल्पा, पाल्पाको पूर्वखोला गाउँपालिका २ जल्पामा श्री जनसेवा स्वाबलम्बन विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेडको बार्षिक साधारण सभा सम्पन्न भएको छ । सहकारीले शुक्रबार एक कार्यक्रमको आयोजनागरी २१ औं साधारण सभा गरेको हो । सभाको उद्घाटन गर्दै पूर्वखोला गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापाले सहकारीले गाउँघरमा छरिएर रहेको पुँजीलाई एकीकृत गरी समुदायको आवश्यकतालाई पूरा गर्ने र […]

भैरवनाथ मन्दिर वरिपरि वृक्षारोपण

पाल्पा, गोरखदल गण पाल्पाले भैरवनाथ मन्दिरमा वृक्षारोपण गरेको छ । मन्दिर परिषरको ११ रोपनी क्षेत्रफलमा विभिन्न जातका १०० बढी विरुवा रोपण गरिएको छ । मन्दिर सेरोफेरोमा १३ जातका लाली गुरास सहित लप्सी लगायतका विभिन्न प्रजातीका वनस्पती लगाइएको भैरवनाथ मन्दिरका कार्यालय सहायक कविराज गैरेले जानकारी दिनुभयो । Facebook Comments

सूचना प्रबिधि

चिनियाँ कम्पनीले बनाउँदैछ शरीरमा लगाउन मिल्ने स्मार्टफोन

चिनियाँ स्मार्टफोन ब्राण्ड न्यूबियाले विश्वमै पहिलोपटक शरीरमा पहिरिन सकिने स्मार्टफोन ल्याउने भएको छ । बार्सिलोनामा हुने मोबाइल वर्ल्ड कंग्रेस, २०१९ मा कम्पनीले एउटा फ्लेक्सिबल स्मार्टफोन लञ्च गरी कम्पनीले आफ्नो उपस्थिति जबरजस्त दर्ज गर्दैछ । नुबिया अल्फा नामक उक्त डिभाइस यसअघि जर्मनीको बर्लिनमा आयोजित आइएफए २०१८ मा प्रदर्शन गरिएको थियो । यद्यपि, त्यतिबेला कम्पनीले उक्त डिभाइसको […]

स्वास्थ :

नुन नखाँदा के हुन्छ

अहिले हाम्रो भान्सामा जुन नुन चलनचल्तीमा छ, त्यसलाई टेबल साल्ट वा सफा नुन भनिन्छ । यसलाई सोडियम क्लोराइड भनिन्छ, जसमा सोडियम र क्लोरिनको मिश्रण हुन्छ । नुनमा पाइने सोडियम हाम्रो शरीरका लागि आवश्यक तत्व हुन् । यसले शरीरमा पानीको मात्रालाई नियन्त्रित राख्न मद्दत गर्छ । सोडियमले मांसपेशीलाई सक्रिय बनाउँछ । मस्तिष्कदेखि शरीरका अन्य अंगसम्म सूचना […]

पाचन प्रणाली कसरी राम्रो बनाउने

विशेषज्ञका अनुसार बिहान पेट सफा नहुनुको कारण हाम्रो खानपान र दिनचर्या हो । यदि हामी समयमा स्वस्थकर खाना खान्छौं भने कुनै औषधी नखाई पनि समस्या समाधान हुन सक्छ । सबैभन्दा महत्वपूर्ण कुरा राति सुत्नुभन्दा तीनघन्टा अगाडि नै खाइसक्नुपर्छ । अन्यथा क्यालोरी बर्न हुन पाउँदैन । खानामा फाइवरयुक्त कुराहरु अत्यधिक सेवन गर्नुपर्छ । यसबाट आन्द्राको राम्रोसँग […]

पाल्पा खबर टिभी