पाल्पाको रामपुरमा जीपको ठक्करबाट बृद्धाको मृत्यु

रामपुर नगरपालिका राष्ट्रिय समाचार समाज हेडलाइन २
0Shares

सुशीला रेग्मी : पाल्पाको रामपुरमा जीपको ठक्करबाट एक बृद्धाको मृत्यु भएको छ । रामपुर नगरपालिका वडा नं ४ स्थित ईस्लामपुरमा ग २ च ३०९४ नम्बरको बोलेरो जीपले ठक्कर दिदा ईस्लामपुर बस्ने ७५ वर्षिय सकिना मियाँको मृत्यु भएको ईलाका प्रहरी कार्यालय रामपुरले जानकारी दिनुभएको छ ।

मियाँको उपचारको क्रममा रामपुर अस्पतालमा मृत्यु भएको हो । ठक्कर दिने चालक र गाडी प्रहरी नियन्त्रणमा छ । घटना मंगलवार बिहान सवा ११ बजेको समयमा भएको हो । ईस्लामपुरको मुख्य सडकबाट भित्रि सडकमा जाने क्रममा सडक छेउमा उभिएको अवस्थामा मियाँलाई जीपले ठक्कर दिन पुगेको थियो ।

Facebook Comments

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ