श्रीनगर डाडा पुर्वाधार निर्माण बिना घोषणा गरिदा घोषणामा मात्र सिमित हुने आशंका

Uncategorized पर्यटन
42Shares

हरि जि.सी एक सय नया पर्यटकिय गन्तब्यमा पर्न सफल तानसेनको श्रीनगर डाडा पुर्वाधार निर्माण बिना घोषणा गरिदा गन्तब्य स्थल घोषणामा मात्र सिमित हुने हो कि भन्ने आशंका बढेको छ । सरकारले घोषणा गरेको १०० नया गन्तब्यमा पाल्पाको श्रीनगर डाडा पनी पर्न सफल भएको छ । हालैेकै अबस्थामा यसलाई गन्तब्यका रुपमा लिईनु हास्यास्पद हुने सरोकारवालाको भनाई छ । जिल्लाको प्रमुख पर्यटकिय क्षेत्रको रुपमा रहेको श्रीनगर डाडा बर्षौ अगाडी जुन रुपमा थियो अहिले पनि उही रुपमा रहेको छ । स्थानीय सरकार आएर पनी श्रीनगर डाडाको मुहार भने फेरीएन पर्यटक आएर तानसेनमा भुल्ने महोहल नहुदा तानसेनका होटेल ब्यबसाय सुक्दै जान थालेको छ ।
चार बर्ष अघि २ करोड बढी खर्चेर बनाएको भौतिक संरचनाहरु समेत जिर्ण बन्न पुगेको छ । विश्व बैंकको सहयोगमा बनेको बाटो र पिकनिक स्पट समेत लथालिंग छ । प्रत्येक शनिबार श्रीनगरमा दर्जनौ समुह बन भोजका लागी आउने गर्छन । पानीको समस्या ,फोहोर, पिकनिक स्थल नपाउने जस्ता समस्या रहेको यहा आउने आन्तरिक पर्यटक बताउछन ।
स्थाननिय रामकृष्ण थापाले स्थानिय सरकारले ध्यान दिन नसक्दा श्रीनगर घुम्न आउने पर्यटकले सोचे अनुसार श्रीनगरलाइ पाउन नसकेको बताए ।
कोहलपुरबाट भ्रमणको लागी आएकी बिद्यार्थी सृजना घर्तीमगर श्रीनगर डाडा एकदमै मनमोहक रहे पनी बाटोको समस्या अत्यधिक रहेको बताइन ।
झण्डै १ हजार ४ सय मिटरको उचाईमा रहेको श्रीनगरडाँडा प्राकृतिक रुपमै सुन्दर छ । यहाँबाट नेपालमै सवै भन्दा लामो रेञ्जमा हिमश्रृंखलाको अबलोकन गर्न सकिन्छ । यहा बाट माछापुच्छ्रे, धौलागिरी, अन्नपुर्ण, निलगिरी लगाएतका हिमश्रृंखलाको आनन्नद लिन सकिन्छ । भ्रमण बर्ष सन् २०२० लाई सफल बनाउन यस्ता नया पर्यटकिय गन्तब्य सहयोगी हुन सक्छन तर बिना पुर्वाधार र बिना रेखदेख घोषणा गरिदा घोषणा केबल घोषणामै सिमित नहोला भन्न सकिन्न यस तर्फ संबन्धित निकायको बेलैमा ध्यान जान जरुरी छ ।

Facebook Comments

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ