नयाँ वर्षमा जल्पामा खुल्ला भलिवल तथा बृहत्त साँस्कृतिक कार्यक्रम हुने

खेलकुद पुर्वखोला गाउँपालिका समाज स्थानीय समाचार हेडलाइन २
412Shares

पाल्पा, चैत्र २१ नयाँ वर्ष २०७६ सालको अवसरमा पाल्पाको पूर्वखोला गाउँपालिका २ जल्पामा खुल्ला भलिवल तथा स्थानीय कला संस्कृति प्रर्दशन कार्यक्रम हुने भएको छ । जल्पा वडा कार्यालयको सहयोग तथा जल्पा युवा तथा खेलकुद मंञ्च जल्पा र जनसेवा युवा समुहको संयुक्त आयोजनामा बैशाख १ देखि २ गते सम्म कार्यक्रम हुने भएको हो । याम बहादुर बरालको संयोजकत्वमा १९ सदस्य आयोजक समिति गठन गरी कार्यक्रमको भव्य तयारी गरिएको जल्पा युवा तथा खेलकुद मंचका अध्यक्ष विष्णु बहादुर सारुले जानकारी दिनुभयो । सामाजिक कार्यमा युवा संक्रियाता बढाउने, खेलकुद क्षेत्रमा उत्साह बढाउने र स्थानीय स्तरमा लोपउन्मुख अवस्थामा रहेको परम्परागत महत्वका स्थानीय कला संस्कृतिलाई संरक्षण गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको जनसेवा युवा समुहका अध्यक्ष मोहन बहादुर रखालले बताउनुभयो । कार्यक्रममा खुल्ला भलिवल प्रतियोगितासँगै मारुनी नाच, घाटु नाच, कौरा, सोरठी, झाम्रे, भजनकृर्तन तथा खुल्ला लोकगीत, नृत्य र राष्ट्रिय कलाकारहरुको समेत प्रस्तुती रहने आयोजकले बताएका छन् । भलिबल खेलमा प्रथम पुरस्कार ३० हजार रुपैयाँ मेडल र प्रमाणपत्र, दोस्रो २२ हजार मेडल र प्रमाणपत्र र तेस्रो पुरस्कार १४ हजार मेडल र प्रमाणपत्र रहेको आयोजक समितिका उपसंयोजक डोल बहादुर घर्तीले जानकारी दिनुभयो । युवा तथा खेलकुद मंञ्च र जनसेवा युवा समुहले प्रत्येक वर्ष यस्ता कार्यक्रमलाई निरन्तर्ता दिदै आएको छ ।

Facebook Comments

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ