जल्पाको सकिनेमा वृहत्त भलिबल प्रतियोगिता तथा साँस्कृतिक कार्यक्रम हुने

खेलकुद पुर्वखोला गाउँपालिका समाचार समाज हेडलाइन २
157Shares

पाल्पा, चैत्र १९, पाल्पाको पूर्वखोला गाउँपालिका २ जल्पा साकिनेमा साविक वडास्तरीय खुल्ला भलिवल प्रतियोगिता तथा साँस्कृतिक कार्यक्रम संचालन हुने भएको छ । समाज सुधार युवा क्लव र बघेल्ला बाल क्लवको संयुक्त आयोजनामा यही चैत्र २५ गतेदेखि २६ गते सम्म कार्यक्रम हुने भएको हो । भलिवल प्रतियोगिताको प्रथम पुरस्कार २७ हजार प्रमाणपत्र र मेडल, दोस्रो १८ हजार मेडल तथा प्रमाणपत्र, तेस्रो पुरस्कार १० हजार मेडल र प्रमाणपत्र रहेको क्लवका सचिव लाल बहादुर रानाले जानकारी दिनुभयो । बघेल्ला खेलमैदानमा संचालन हुने प्रतियोगिताका लागि २५ गते विहानसम्म समूह दर्ता गर्न सकिने, खेल टि.टी. सिस्टममा खेलाईने र फोनबाट समेत समूह दर्ता गर्न सकिने आयोजकले जनाएका छन् । यससँगै २ दिनसम्म साँझ ८ बजेसम्म बेजोड साँस्कृतिक कार्यक्रम रहने रानाले बताउनुभयो । समुह दर्ताका लागि २ हजार ५० रुपैयाँ दर्ता शुल्क लाग्ने र आवश्यक जानकारीका लागि ९८४९३६८६०६, ९८६७८७४४१३ मा सम्पर्क गर्न सकिने उल्लेख गरिएको छ । क्लबले प्रत्येक वर्ष यस्ता कार्यक्रमहरु गर्दै आएको छ ।

Facebook Comments

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ