सिके राउतसँग सरकारले गरेको सम्झौता राष्ट्रघाती : देउवा

राजनिति राष्ट्रिय समाचार स्थानीय समाचार हेडलाइन १
0Shares


डोलबहादुर विक
पाल्पा, चैत्र २, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सिके राउतसँग सरकारले गरेको सम्झौता राष्ट्रघाती भएको बताउनु भएको छ ।
नेपाल प्रेस युनियन पाल्पाले तानसेनमा आज गरेको पत्रकार सम्मेलनमा बोल्दै देउवाले नेपालको कुनै पनि भूभागलाई टुक्राउने कुरा सहिय नभएको बताउनुभएको हो । सिके राउतले जनमत संग्रहभनेर बोलि रहेको, तर प्रधानमन्त्री केपीशर्मा ओलीले खण्डनसमेत नगरेको भन्दै देउवाले आपत्ति जनाउनुभयो । अहिलेको सरकारले एक वर्ष वितिसक्दा समेत केही काम गर्न नसकेको देउवाको भनाई छ । देउवाले विप्लप नेतृत्वको नेकपालाई अपराधिक, हिंसा मुलक घटनालाई त्यागेर वार्तामा आउन आग्रह गर्नुभयो । सरकारले फौजदारी संहिताको नाममा प्रजातन्त्र र प्रेसलाई नियन्त्रण गर्ने र अधिनायकवादमा लैजाने काम गरिरहेको देउवाको आरोप लगाउनु भयो ।

Facebook Comments

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ