बंगलादेशको आवासीय भवनमा आगलागी, ७० जनाको मृत्यु

अन्तराष्ट्रिय
0Shares

काठमाडौं, ९ फागुन । बंगलादेशको राजधानी ढाकामा अवस्थित एक भवनमा आगलागी हुँदा कम्तिमा ७० जनाको मृत्यु भएको छ । ४० जना गम्भीर घाइते भएका छन् । सरकारी अधिकारीहरुले मृतकको संख्या बढ्न सक्ने बताएका छन् ।

राजधानी ढाकाको पुरानो शहरको चोक बजारस्थित एक भवनमा सबैभन्दा पहिलो आगो देखिएको थियो । यो आवासीय भवनमा केमिकलको गोदाम पनि थियो । केमिकल र प्लास्टिकका कारण आगो चाँडै फैलिएर छेउका भवनमा पनि क्षति पुगेको छ । आगो निभाउनका लागि अग्नि नियन्त्रकसहित ३० वटा गाडी घटनास्थलमा तत्कालै परिचालित गरिएको थियो । ९५ प्रतिशत आगो निभाइसकिएको र खोज अभियान जारी राखेको अग्नि मिसनका प्रमुख अहमद खानले बताएका छन् ।

Facebook Comments

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ