पाकिस्तानमा साउदीको २० अर्ब डलरको लगानी सम्झौता घोषणा

अन्तराष्ट्रिय
0Shares

६ फागुन, काठमाडौं । दुईदिने भ्रमणका लागि पाकिस्तान आएका साउदी अरबका राजकुमार मोहम्मद बिन सलमानले पाकिस्तानसँग २० अर्ब डलर बराबरको सम्झौताको घोषणा गरेका छन् । सम्झौतामा ग्वादर नजिक एक तेल प्रशोधन केन्द्रमा ८ अर्ब डलर लगानी पनि सामेल छ ।

सम्झौताको घोषणा गरेपछि साउदी राजकुमारले पाकिस्तानको भविष्य उज्ज्वल रहेको बताए । ‘गत वर्ष पाकिस्तानले पाँच प्रतिशतको दरले आर्थिक प्रगति गर्‍यो । अहिलेको नेतृत्वमा पाकिस्तानको सुनौलो भविष्य छ,’ उनले भने, त्यसैले मैले पाकिस्तानसँग २० अर्ब डलरको सम्झौता गरें जुन पाकिस्तानमा साउदीको लगानीको पहिलो कदम हो ।’ साउदी राजकुमारलाई स्वागत गर्न पाकिस्तानका प्रधानमन्त्री इमरान खान र सेना प्रमुख कमर जावेद बावजा एयरपोर्ट गएका थिए । इमरान खानले साउदी राजकुमारलाई आफ्नो कारमा बसालेर प्रधानमन्त्री निवासमा लगेका थिए । कार प्रधानमन्त्री इमरान खान आफैंले चलाएका थिए ।

Facebook Comments

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ