तपाईंको थालमा कस्तो परिकार हुनुपर्छ ?

जीवन शैली स्वास्थ्य
0Shares

त्यही थालको परिकार, जसले तपाईं निरोगी बनाउँछ । त्यही थालको परिकार, जसले तपाईंलाई रोगको भण्डार बनाउँछ ।

जब तपाईं जिब्रोको चक्करमा फस्नुहुन्छ, तपाईंको थालमा अस्वस्थ्यकर भोजन समावेश हुन्छ । जब तपाईं स्वास्थ्यप्रति सर्तक रहनुहुन्छ, तपाईंको थालमा स्वस्थ्यकर भोजन समावेश हुनेछ । त्यही भोजन हाम्रो लागि विष बन्छ र त्यही भोजन हाम्रो लागि अमृत बन्छ । कस्तो खानपान गर्ने, कति गर्ने, कसरी गर्ने भन्ने कुराले यो निर्धारण गर्छ ।

त्यसैले खाना खाइरहँदा आफ्ना थालमा त्यही परिकार समावेश गरौं, जो स्वास्थ्यका लागि अपरिहार्य छ । आवश्यक छ । उपयुक्त छ । सुपाच्य छ । पोषणयुक्त छ । शुद्ध छ ।

फलफूल र सागसब्जीलाई भोजनमा समावेश गर्ने

संभव भएसम्म अनेक रंग तथा अनेकथरीका  फलफूल तथा सागसब्जीलाई खानामा समावेश गर्ने । थालीको आधा भाग यस्ता सागसब्जी र फलफूलले भर्ने । अर्थात आफ्नो खानामा फलफूल एवं सागसब्जीलाई उच्च प्राथमिकता दिनुपर्छ ।

थालको एक चौथाई भाग होल ग्रेनले भर्ने 

गहुँ, जौ, ब्राउन राइस होल ग्रेन अन्तर्गत पर्दछ । यसले व्लड सुगर तथा इन्सुलिनमा कम असर पार्छ । त्यसैले, यस्ता खानेकुराले थालको एक चौथाई भाग भर्नु पर्दछ ।

एक चौथाई भाग प्रोटिनले भर्ने

माछामासु, दाल तथा ओख्खर प्रोटिनको राम्रो स्रोत हो । यसलाई सलाद वा सागसब्जीको साथमा राम्ररी खान सकिन्छ । जबकी रातो मासु कम भन्दा कमी सेवन गर्नुपर्छ । यसले शरीरमा कोलेस्ट्रोलको मात्रा बढाउन सक्छ भने बेकन तथा ससेजले समेत स्वास्थ्यमा नकारात्मक प्रभाव पार्ने हुदाँ यस्ता खानेकुरा सेवन गर्नबाट बच्नु पर्छ ।

मध्यम मात्रामा तेलको प्रयोग

जैतुन, ओलिभ आयल,  सोयावीन, सन फ्लावर, बदामको तेल स्वस्थ तेल (भेजिटेबल आयल) अन्तर्गत पर्दछ । यस्ता तेलका सेवनले शरीरमा सकारात्मक प्रभाव पार्दछ । त्यसैले, तेलको खरीद गर्दा यस्ता स्वस्थकर भेजिटेबल आयल प्रयोग गर्नु पर्दछ । हाइड्रोजेनेटिड तेलबाट टाढा रहनु पर्छ । किनकी यसमा अत्याधिक मात्रामा शरीरका लागि हानकारक मानिएको ट्रान्स फ्याट हुन्छ । याद राख्नुस्, कम वा शुन्य फ्याट हुँदैमा कुनै पनि खाद्य पदार्थ स्वस्थ कर हुँदैन ।

पानी, चिया तथा कफी

गुलियो खानेकुराबाट टाढा रहनु पर्छ । दूध तथा दूधजन्य पदार्थको सेवन दिनमा एकाध पटकमात्र गर्नु पर्छ । र दिनमा कम्तीमा सनो गिलासको एक गिलासमात्र फलफूलको रस पिउनु पर्छ ।

सक्रिय रहने

भोजन जस्तो सुकै गरे पनि त्यसलाई पचाउनका लागि सकि्रय रहन जरुरी छ । मानिस जति सकि्रय रहयो, उति नै धेरै स्वस्थ रहने गर्छ । त्यसैले, सकि्रय रहौ, स्वस्थ जीवन बाचौं ।

Facebook Comments

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ