जल्पामा स्वास्थ्य प्रर्वद्धन अन्तगत मेरो स्वास्थ्य मेरो वर्ष अभियान सम्पन्न

पुर्वखोला गाउँपालिका समाचार समाज स्थानीय समाचार हेडलाइन २
126Shares

पाल्पा, पूर्वखोला गाउँपालिका २ जल्पामा रहेको स्वास्थचौकीमा मेरो स्वास्थ, मेरो बर्षा, अभियान अन्तर्गत १ दिने स्वास्थ प्रवन्धनात्मक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि पूर्वखोला गाउँपालिकाकी उपाध्यक्ष भागिरथी भट्टराईले शिक्षा, स्वास्थ , सडक ,कृषि ,पर्यटन सहितको पूर्वाधार, पूर्वखोला विकासको आधार भन्ने नारा सहित विकासमा लागि परेको र स्वास्थ क्षेत्रमा पनि धेरै लगानी गरेको बताउनु भयो । स्वास्थ कार्यलय पाल्पाका सुचना अधिकारी माधब ज्ञवालीले कार्यक्रममा सहजीकरण गर्दै किशोरी शिक्षा आजको आवश्यक्ता, प्रजन स्वास्थ, बाल्य अवस्थाको बिबाह, किशोरी अवस्थाको गर्भधारण, स्वास्थ्यमा पार्ने असर, सुर्तीजन्य पदार्थले स्वास्थमा पार्ने असर,नसर्ने रोग मुटुरोग, मधुमेह, क्यन्सरको ’boutमा जानकारी दिनु भयो । साथै आफू जान्कार भै परिवार समुदाय र आफ्नो सन्तानलाई जानकारी गराउनु सहभागिको कर्तव्य हो भन्नू भयो । कार्यक्रमका बिशिष्ट अतिथी प्रसाशकीय अधिकृत भेष राज पन्थले देवानी सहिता, बाल बिबाह र बहुबिबाहको कानुनी प्रावधान को ’boutमा चर्चा गर्नु भयो । कार्यक्रममा शिक्षक प्रतिनिधि, महिला स्वयम् सेविका, सामाजिक ब्यक्तित्व ,कर्मचारीहरु गरि २७ जनाको सहभागिता रहेको थियो । स्वास्थ चौकी जल्पाका प्रमुख रेशम सुनारको स्वागत मन्तव्य, वडा अध्यक्ष नीर बहादुर सारुको अध्यक्षता र अ. हे. ब. पदम दर्लामीको सन्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।

Facebook Comments

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ