अनुपम नेतृत्व

विचार/ब्लग स्थानीय समाचार
0Shares

लक्षिमा ज्ञवाली घिमिरे
उपप्रध्यापक त्रि.ब.क्या पाल्पा

नेपालको समग्र विकासका लागि अनुपम नेतत्ृवको खाचो छ । सफल नेतृत्व पाएमा कुनै पनि सँस्था, समाज र देशले गति लिन सक्छ । गतिशील समाजका गतिशील आवश्यकता पुरा गर्न सोचाइ पनि गतिशीलतामा क्रियाशिल हुनुपर्दछ । यही क्रियाशिलताको एक उदाहरणको रुपमा लिन सकिन्छ तानसेन –७ प्रभासमा अवस्थित लुम्बिनी मेडिकल कलेजका उज्ज्याला प्रकाशपुञ्ज । अन्तरनिहित अज्ञानताको अन्धकारलाइ हटाई लगानी ज्ञानको ज्योतिले प्रकाश छर्ने एक भगवान् कै उपहार व्यक्तित्व गोपाल बहादुर पोखरेल ।
वि. स. २०२१ साल जेष्ठ २२ गते पिता भिम वहादुर पोखरेल र माता मसुरी कुमारी पोखरेलका पुत्ररत्न गोपाल बहादुर पोखरेलको जन्म साविकको भैरवस्थान गा.वि.सको ढेकुलडाडामा भएको हो । सानै उमेरदेखि ब्यापार ब्यबसायमा सम्लग्न उनी एक सफल ब्यबसायीक लगानीकर्ता, कुशल अभियन्ताको रुपमा परिचय बनाउदै बर्तमान अबस्थाको राष्ट्रिय एवं अन्तराष्ट्रिय स्तरको बहुराष्ट्रिय कम्पनी कै अनुपम नेनृत्वको रुपमा क्रियाशिल छन् ।

आफुसंग भएको ससानो पूँजीलाइ विभिन्न क्षेत्रमा छरेर लगानी गर्न खप्पिस उनी लगानीलाई कसरी फराकिलो बनाउने भन्ने कुरामा सचेत छन् । उनको उद्येश्य नाफा कमाउने मात्र होइन राष्ट्रलाइ नै समृद्धिको आधार खडा गराउदै समृद्धिको इट्टा थप्दै शिखरमा पु¥याउनु हो । जसरी घरपरिवारका विभिन्न सदस्यहरु मध्य आर्थिक रुपमा कमजोर सन्तान भएमा उसको जीवन कष्टकर हुन्छ त्यस्तै देश गरिब भएमा सबै नेपालीले दुःख भोग्नुपर्छ भन्ने उनको मान्यता रहेको छ । “सर्वे भवन्तु सुखिन” भन्ने मुल मन्त्रलाइ अंगालेर अग्रगमनको बाटोमा हिडेका यिनी एक कुशल गड गिफ्टेड प्रश्नालिटि वा भगवाने कै अवतार हुन् ।
पाल्पा जिल्लाका विभिन्न शिक्षाप्रेमी ,विकासप्रेमी महानुभावहरुको निजी लगानीमा २०६२ मंसीर २६ गते कम्पनी रजिष्टारको कार्यालयमा दर्ता भै उनकै नेतृत्वमा वर्तमानको परिदृश्यमा पुगेको छ । सरकारले गर्नुपर्ने काम यिनले हिम्मतकासाथ सरकारलाइ नै विकासमा सहयोग गरेका छन् । हजारौ हजार व्यक्तिलाई रोजगारी दिएर सुखी बनाएका छन् । हजारौ मानिसले सजिलै प्राविधिक स्वास्थ्य सेवा सर्वसुलभ रुपमा प्राप्त गर्न सफल भएका छन् । नेपाली मात्रको लगानी भएको यस कम्पनीले उल्लेखनीय रुपमा प्रगति गरेको छ जुन प्रशंशनीय रहेको छ । शिक्षा, स्वास्थ्य र पर्यटनको नारालाई अगाडि लिएर बढेको स्थानीय सरकारलाई पनि यसले धेरै कर राजस्व बुझाएर सहयोग पु¥यायको छ ।

पहाड कि रानी भनेर चिनिने तानसेन बजार एक पर्यटकीय सुन्दर मनोरम भूमि हो । यस्तो सुन्दर भूमिमा मानव स्वास्थ्यको राम्रो उपचार गर्न, सदभाव एवं सहयोग गर्न, स्वास्थ्य नै धन भन्ने नारालाई अंगिकार गर्दै मेडिकल कलेजको विकास र विस्तारले विकासप्रेमी महानुभावहरुलाइ हौसला दिएको छ । सिद्धबाबाको खतरनाक बाटोको कुनै प्रवाह नगरी स्याल कराउने डाडोमा विकासका पदरथहरु हाक्न नेतृत्वको ह्यानडिलिङ्ग सक्षम छ । कलेजको स्थापना पश्चात यहाँको जग्गाको मूल्य आकाशिएको छ । स्थानीय मानिसहरुले आफ्नो जग्गाको विक्रीबाट जीवनशैलीमा नै उच्च स्तरमा परिवर्तन गरेका छन् । जनयुद्धको चरम अवस्था, शान्तिकालीन परिस्थिति, छक्कापञ्जाको सामाजिक राजनीतिक परिवेशलाइ नजिकबाट नियालेका उनी एक कुशल नेतृत्व हुन । यो एक उदाहरणीय पवित्र कर्म हो । सबै लगानीकर्ताको मनलाइ जितेर निरन्तर मन, बचन र कर्मले क्रियाशिल रहेका छन् । थोरै मात्र व्यक्तिमा यस्तो चमत्कारको गुण पाइन्छ । आज देशको लागि यस्तै प्रेरणादायी कर्मठ निष्ठावान् राजनेताको आवश्यक छ । दोस्रो व्यक्तिकोे कल्याणमा लागे आफ्नो कल्याण स्वतहः हुन्छ भन्ने यिनी जस्तै तपसीको खाचो छ ।

Facebook Comments

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ