चिदीपानीमा कोरोना भाईरसबाट बच्न सचेतना कार्यक्रम

समाचार समाज हेडलाइन २
0Shares

संगीता आचार्य
पाल्पा, पाल्पाको माथागढी गाउँपालिका–१ चिदीपानीमा कोरोना भाईरस सम्बन्धी सचेतना कार्यक्रम भएको छ । वडा कार्यालय, चिदीपानी स्वास्थ्य चौकी र आर्यभञ्ज्याङ प्रहरी चौकीको संयुक्त आयोजनामा कोरोना सम्बन्धी सचेतना, प्रचारप्रसार र बजार अनुगमन गरिएको हो । कार्यक्रममा वडा अध्यक्ष शिवप्रसाद शर्मा (घिमिरेले) कोरोना भाइरसको ’boutमा जानकारी गराउँदै आम नागरिकलाई भीडभाडमा नहिड्न, स्वास्थ्य चौकीका कर्मचारीहरुलाई २४ सै घण्टा सम्पर्कमा रहन र यस भाईरसबाट सबैलाई सचेत हुन आग्रह गर्नुभयो । त्यस्तै चिदीपानी स्वास्थ्य चौकीका प्रमुख धुव्रबहादुर सुनारले कोरोना भाईरसको लक्षण, बच्ने उपाय ’boutमा जानकारी गराउनुभयो । कोरोना भाइरसको ’boutमा नागरिकलाई सचेत बनाउदै यसबाट बच्न चिदीपानीको बजार क्षेत्रमा सचेतना मूलक कार्यक्रम गरिएको सुनारले बताउनुभयो । आर्यभञ्याङ प्रहरी चौकीका प्रमुख ताराप्रसाद खनालले कोरोना भाइरसका कारण विश्वनै आतंङ्कित भएको बेला भीडभाडमा नजान आग्रह गर्दै बजारमा कालो बजारी र अनावश्यक भीडभाड भएको पाइएमा तुरुन्त सम्पर्क गर्न आग्रह गर्नुभयो । जिल्लामा यस भाईरसबाट बच्न स्थानीय तह, विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाहरुले सचेतना मूलक कार्यक्रमहरु गर्दै आएका छन् भने सबै शैक्षिक संस्थाहरु बन्द गरिएको छ ।

के हो त कोरोना भाइरस ?

कोरोना भाइसरको वास्तविका नाम नोबेल कोरोना भाइरस हो । कोरोना भाइरस रुघाखोकीदेखि मिडल इस्ट रेस्पिरेटरी सिन्ड्रोम र सिभिएर एक्युट रेस्पिरेटरी सिन्ड्रोमजस्ता गम्भीर रोग निम्त्याउने भाइरसहरूको ठूलो समूहको एउटा सदस्य अन्तर्गत पर्दछ ।

सर्वप्रथम सन् २००३ मा देखिएको एसएआरएस र कोरोना एउटै समूहका भाइरस हुन् । दुवै भाइरसले बिरामीलाई गम्भिर बनाउन सक्छन् ।

कोरोना भाइरस संक्रमणका लक्षण

– रुघा खोकी लाग्नु,

– १०४ डिग्री फरेनहाइटभन्दा बढी ज्वरो आउनु

– श्वासप्रश्वासमा अत्याधिक समस्या हुनु,

– घाँटी, टाउको तथा जिउ दुख्ने

– निमोनिया हुनु,

– सिभिएर एक्युट रेस्पिरेटरी सिन्ड्रोम हुनु ।

कसरी हुन्छ संक्रमण र

कोरोना भाइरस पशुपंक्षी र सी फुडको माध्यमबाट सर्ने गर्छ । यो भाइरसले मानिसहरुमा सहजै सर्ने गुण बोकेको हुन्छ । विशेषगरी एउटै परिवारका सदस्यहरु बिरामी भएको अवस्थामा भने एकबाट अर्कोमा कोरोना भाइरसको संक्रमण हुने संभावना उच्च हुनेगर्छ ।

भाइरसको संक्रमण भएको समयमा मिर्गौलाले काम गर्न छोड्ने हुनाले मानिसको मृत्यु हुनेगर्छ । हालसम्म यस भाइरसको संक्रमणबाट लाग्ने रोगको उपचारको पत्ता लागेको छैन ।

भाइरसबाट संक्रमित बिरामीलाई देखा परेको लक्षणको आधारमा उपचार गर्नुपर्ने स्वास्थ्य मन्त्रालय बताउँछ । यो भाइरसविरुद्ध हालसम्म कुनै खोप उपलब्ध छैन ।

कसरी बच्ने रु

– रुघाखोकी तथा श्वासप्रश्वासमा समस्या भएका बिरामीको नजिक नजाने

– नियमित साबुन पानीले हात धुने,

– खोक्दा र हाछ्युँ गर्दा नाक र मुख छोप्ने,

– जङ्गली तथा घरेलु पशुपंक्षीसँग सिधै सम्पर्क नगर्ने

– अण्डा तथा मासु राम्ररी पकाएर मात्र खाने

– फ्लुको जस्तो लक्षण देखिए अस्पताल जाने

Facebook Comments

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ