तरकारीबाट लाखौ आम्दानी

तानसेन नगरपालिका हेडलाइन १
0Shares

पाल्पा, पाल्पाको तानसेन नगरपालिका–७, कुन्सरेका टंकनाथ ढकालले तरकारी खेतीबाट राम्रो आयआर्जन गरेका छन् । २२ वर्षसम्म भारतमा जागिर गरेका ढकालले भारतको जागिर छाडेर नेपालमै केही गर्नुपर्छ भनेर उनले तरकारी खेती सुरु गरेका हुन् ।
ढकाल अहिले गाउँमा सफल कृषकको रुपमा परिचित छन् । उनी यस क्षेत्रमा उदाहरणीय बनेका छन् । ५ लाखको लगानीमा ८ रोपनी जग्गामा खेती सुरु गरेका ढकालले आफ्नो खर्च कटाएर पनि बार्षिक रुपमा ३ लाख बढी आम्दानी गर्न सफल भएको बताउछन् । उनले ३ जनालाई रोजगार समेत दिएका छन् । मेहनत र जागर गरे के हुदैन् ढकालले भने गर्न सके जे कुरामा पनि निरन्तर लागि परे एक दिन अवश्य सफल हुन्छ । भारतको जागिर छोडेर आफ्नै देशमा केही गर्नु पर्छ भनेर तरकारी खेती सुरु गरे । उनले भने अहिले राम्रै आम्दानी दिएको छ । ढकालको परिवारमा श्रीमती २ छोरा र १ छोरी छन् । उनलाई तरकारी खेतीमा उनकी श्रीमती देवी कुमारीले पनि सघाउछिन् । उनले सिचाईको लागि ३२ मिटर जमिनभित्रबाट पानी निकालेर राम्रो सिचाईको व्यवस्थापन मिलाएका छन् ।

प्रधानमन्त्री कृषि आधुनिकरण कृषि जोनको प्राविधिक सहयोग र आफ्नै ३ लाख लगानीमा जिल्लामै पहिलो पटक जमिनभित्रबाट पानी निकाली सिचाईको लागि राम्रो व्यवस्थापन मिलाएको ढकालले बताए । सिजन अनुसारको तरकारी लगाउछन् । उनलाई दिनहूँ तरकारी हेरचाह गर्न भ्याई नभ्याई हुन्छ । उनका बारीमा अहिले पनि प्रसस्त मात्रमा बन्डा, काउली, प्याज देख्न सकिन्छ । २२ वर्षसम्म इण्डियामा धेरै दुख गरे । थोरै तलबमा रातदिन खट्नु पर्ने ढकलले भने अहिले तरकारी खेतीमै राम्रो आम्दानी छ, यसमा परिवार सन्तुष्ट भएका छौ । अर्काको देशमा दिनरात पसिना बगाउनु भन्दा जे भएपनि आफ्नै देशमा गरेको कामले गौरव बढ्ने उनको भनाई छ । तरकारी खेतीमा मिहनत धेरै भएपनि आम्दानी पनि सोही अनुसारको राम्रै हुने ढकालको धारण छ । बेला बेलामा किराको हेरचाह, तरकारीको राम्रो स्याहर सुसार गर्न सकियो भने उत्पादन पनि राम्रै दिने उनले बताए ।

युवाहरु धेरै पैसा कमाउने सोचमा दिनहु विदेशी रहेका छन् ढकालले भने जागर र मिहनत गरे पैसा कमाउनकै लागि विदेश जानु नपर्ने रैछ, सीप, जागर र मिहनतलाई सही ठाउँमा सदुपयोग गर्न सके आफ्नै देशमा पैसा छ । परिवारसँग बसेर स्वदेशमै आफ्नै काम गर्न पाउदा जस्तो सुकै दुःख पनि सहज महसुस हुने उनको भनाई छ । उनलाई तरकारी खेतीमा अहिलेसम्म खासै सरकारी अनुदान पाएका छैनन् । अहिले ८ रोपनीमा तरकारी खेती गर्दै आएपनि अझ यसलाई थप बढाउने योजना रहेको ढकालले बताए । प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कृषि जोन अन्तरगत लालिगुरास कृषि समूह बनाई २४ जना आवद्ध भई समूहिक उत्पादनमा समेत उनी क्रियाशील छन् ।

Facebook Comments

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ