चिलाङ्दीमा विविध साँस्कृतिक कार्यक्रम

कला गित संगीत मनाेरञ्जन
0Shares

संगिता आचार्य
पाल्पा, पाल्पाको बगनासकाली गाउँपालिका–१ चिलाङ्दीमा मगर दिवसको अवसरमा वडा स्तरीय सालैजो र झ्याउरे नाच प्रतियोगिता सम्पन्न भएको छ ।
बगनासकाली गाउँपालिकाको सहयोग तथा नेपाल मगर संघ र आदिवासी जनजाती समन्वय समिति पाल्पाको आयोजनामा प्रतियोगिता भएको हो । प्रतियोगितामा बगनासकाली गोपाल्दीको समूह प्रथम, खोरबारीको समूह दोस्रो र चिलाङ्दीको समूह तेस्रो भएको छ । प्रतियोगितामा ८ समूहको सहभागिता रहेको थियो । सहभागीले ठूलो नाच, कौरा, झ्याउरे लगायतका नाच प्रस्तुत गरेका थिए । विजयी प्रतियोगी लाई नगद, सम्मान पत्र र मायाको चिनोले सम्मान गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि बनासकाली गाउँपालिकाकी उपाध्यक्ष सरस्वती चिदी (दर्लामी) बगनासकाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुन्दर प्रसाद श्रेष्ठ, नेकपा पार्टी जिल्ला कार्य समितिका सदस्य मोहन थापा, कृष्णप्रसाद अधिकारी लगायतले आ–आफ्ना धारणा राखेका थिए । आदिवासि जनजाति समन्वय समितिका अध्यक्ष टिका बहादुर थापाको अध्यक्षतामा चलेको कार्यक्रम मा जोगबहादुर थापा (दिशा)ले स्वागत मन्तव्य दिएका दिए भने कार्यक्रमको संचालन चेत बहादुर रानाले गरेका थिए ।

Facebook Comments

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ