सरस्वती माविको ६४ औं वार्षिकोत्सव

तानसेन नगरपालिका समाचार स्थानीय समाचार हेडलाइन १
0Shares

नवराज ज्ञवाली
पाल्पा, तानसेन नगरपालिका –७ सुन्दर गाउँमा रहेको सरस्वती माध्यमिक विद्यालयले ६४ औं वार्षिकोत्सव सम्पन्न गरेको छ । वि.स. २०१३ सालमा स्थापित यस विद्यालयले विभिन्न समस्याहरु झेल्दै र भोग्दै आजको यस अवस्थामा आईपुगेको हो । विद्यालयले ६४ औ वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरी वार्षिकोत्सव मनाएको छ । कार्यक्रममा प्रमुख अतिथि संघीय सांसद तथा पूर्व उद्योग मन्त्री सोमप्रसाद पाण्डेले विद्यालयले यस क्षेत्रको शैक्षिक विकासका लागि गरेको योगदान स्मरणीय रहेकाले शैक्षिक उन्नयनका निम्ती अब यस विद्यालयले समस्या झेल्न नपर्नेगरी आफूले सहयोग गर्ने प्रतिवद्धता जनाउदै सांसद पाण्डेले अब यस विद्यालयले दश जोर दुई संचालन गर्न आवश्यक कदम चाल्नु पर्ने बताए । त्यसका निम्ती आफूले आर्थिक भौतिक, नैतिक सबै सहयोग गर्ने बताउदै विद्यालयले आवश्यक प्रक्रिया पुर्याएर आएमा आफू कुन कुन ठाउँमा उपस्थित हुनु पर्ने हो त्यसका निम्ती सहयोग गर्न तयार रहेको बताए । कार्यक्रमका विशिष्ट अतिथि ५ नं. प्रदेश सभा सदस्य रमा घर्ती मगरले विद्यालयको आवश्यकता र शैक्षिक गतिविधिमा गुणस्तर कायम गर्न चाहिने स्रोत साधन उपलब्ध गराउन आफूले सक्दो सहयोग गर्ने बताउदै त्यसका लागि आफू सक्रिय भएर लाग्ने प्रतिवद्धता जनाइन ।

कार्यक्रममा तानसेन नगरपालिकाका नगर प्रमुख अशोक कुमार शाहीले यो विद्यालय तानसेनकै गहना भएकाले यसको शैक्षिक विकास र भौतिक निर्माणमा तानसेन नगरपालिका सँगसँगै रहेको बताउदै नगर प्रमुख शाहीले नेपालको समग्र शिक्षा प्रणाली नै खरदार र मुखीया उत्पादन गर्ने थलोका रुपमा रहेकाले यसलाई केन्द्रीय तहबाटै सुधार गरी समय अनुकुल बनाउन अनुरोध गरे ।
वर्तमान आवश्यकतामा रहेर देशको शिक्षा प्रणालीलाई सुधार गर्न सके देशको संस्कृति र माटो सुहाउदो हुने उनले बताए । त्यस्तै उपप्रमुख लक्ष्मी पाठकले शिक्षा समय सापेक्ष बनाउदै नेपालको आवश्यकतामा उत्पादित जनशक्तिले देशको आवश्यकतालाई पूरा गर्न सक्नु पर्ने उनले बताईन् । संविधान सभा पूर्व सदस्य नारायणी घिमिरेले शिक्षालाई समय अनुकुल र प्रविधि मैत्री बनाउन प्रभावकारी ढङ्गबाट आवश्यक रहेको भन्दै राष्ट्रको समग्र शिक्षा प्रणालीलाई सुधार गर्न संस्थागत आवश्यकता रहेको उनले बताइन् । कार्यक्रमा नेकपा नेता धनेन्द्र राज घिमिरेले सामुदायिक विद्यालय आर्थिक तथा सामाजिक रुपमा पछाडि परेका गरिब, विपन्न परिवार र वर्ग समुदायका बालबालिकाले अध्ययन गर्ने थलोका रुपमा रहेकाले राज्यले त्यही किसीमबाट सोच्न र सहयोग गर्नुपर्ने आवश्यक रहेको बताए ।


नेपाली काँग्रेस जिल्ला सहसचिव अम्विका पौडेलले आफू विगतमा शिक्षा क्षेत्रमै सेवा गरेकाले शिक्षा क्षेत्रका समस्या र चुनौतीलाई राम्ररी बुझेकाले यसको संरचनात्मक सुधारको आवश्यकता रहेको बताउदै उनले सुधारका निम्ती आप्mनो सक्रियता सधै रहिरहने बताइन् । कार्यक्रममा लोचनप्रसाद तिमल्सिना, मुक्तिराम जिसी, राजेन्द्रलक्ष्मी गैरे, दीर्घनारायण आचार्य, गोपाल घिमिरे, गंगाराम पौडेल, भीमबहादुर श्रेष्ठ, प्रदिप खनाल, महेश्वर पन्त, खडक जिरेल र नवराज ज्ञवालीले ६४ औं वार्षिकोत्सवको अवसरमा शुभकामना दिदै आ–आफ्ना धारणा व्यक्त गरेका थिए । ६४ औं वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा विद्यालयका गतिविधि र कामको जानकारी सहित १ करोड ५ हजार ९ सय ५ रुपैयाँ बराबरको आम्दानी खर्चको वाषर््िाक प्रतिवेदन विद्यालयका प्रधानाध्यापक शंकरप्रसाद पौडेलले प्रस्तुत गरेका थिए । वाषर््िाककोत्सवको अवसरमा एसइइ परिक्षा लेखा विषयमा उत्कृष्ट नतिजा ल्याउन सफल विद्यालयका सहायक प्रअ रामजीप्रसाद नेपाललाई सम्मान गरिएको छ । त्यस्तै उत्कृष्ट शिक्षकको रुपमा रुपबहादुर थापालाई सम्मान गरिएको छ । विद्यालयमा लामो समयसम्म सेवारत शिक्षक शिक्षिका धनकला गाहा र बाबुराम ज्ञवालीलाई दीर्घ सेवा सम्मान गरिएको छ । त्यस्तै गरी उत्कृष्ट अभिभाकको रुपमा नवराज ज्ञवालीलाई सम्मान गरिएको छ । कार्यक्रमका अवसरमा विद्यार्थीलाई सम्मानका साथै कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामप्रसाद पोखरेलले गरेका थिए । स्वागत मन्तव्य धनकला गाहा र कार्यक्रमको संचालन रामजीप्रसाद नेपालले गरेका थिए ।

Facebook Comments

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ