पाल्पा प्रिपेरटोरी डोजाङकी ममताले राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक जितिन्

खेलकुद समाचार
0Shares

संगिता आचार्य
पाल्पा, काभ्रेको बनेपामा भएको राष्ट्रिय तेक्वाण्डो प्रतियोगितामा पाल्पाकी ममता गाहाले स्वर्ण पदक जितेकी छन् । प्रिपेरटोरी दोजाङकी गाहाले ५०–५५ केजी समुहको स्पायरिङ्गमा स्वर्ण पदक जित्न सफल भएकी हुन् । बनेपा काभ्रेमा भएको आई. टि.एफ. तेक्वान्डो संघ द्वारा आयोजित ११ औँ जुनियर प्रतियोगितामा प्रदेश नं ५ को प्रतिनिधित्व गर्दै पाल्पाबाट उनले स्वर्ण पदक हात पारिन् । त्यस्तै तानसेन डोजाङकी सदिक्षा खनाले प्याटन तर्फबाट १ रजत पदक जितेकी छन् । प्रतियोगितामा रुपन्देही जिल्ला आई. टि. एफ. तेक्वान्दो संघले ६ स्वर्ण, १ रजत र १ कास्य पदक प्राप्त गरेको छ ।
पुरुष एकल स्पायरिङ्गतर्फ २५–३० के.जी. तौल समुहमा सुविन ढकालले १ स्वर्ण, ३०–३५ के.जी. तौल समुहमा मन्जिल चौधरीले १ स्वर्ण, ५०–५५ के.जी. तौल समुहमा राहुल थापाले १ कास्य र पुरुष एकल प्याट्रनतर्फ पहेंलो पेटीमा मोहन गाहाले १ स्वर्ण, निलो पेटीमा राज थापाले १ रजत पदक हात पारेका छन ।
त्यस्तै महिला एकल स्पायरिङ्गतर्फ ३०–३५ के.जी. तौल समुहमा सृया थापाले १ स्वर्ण, ३५–४० के.जी. तौल समुहमा सुशिला थापाले १ स्वर्ण पदक र महिला एकल प्याटनतर्फ पहेंलो पेटीमा सृया थापाले १ स्वर्ण पदक जितेकी थिइन् भने पुरुषको समुह प्याटनतर्फ नविन राना, राहुल थापा, राज थापा, मन्जिल चौधरी र मोहन गाहाले रजत पदक हासिल गर्न सफल भएको प्रिपेरटोरी तेक्वाण्दो डोजाङका प्रशिक्षक विष्णु नेपालीले जानकारी दिए । उनले जिल्लामा आइटीएफ तेक्वाण्दोका धेरै प्रशिक्षर्थीले राष्ट्रिय प्रतियोगितामा राम्रो सफलता प्राप्त गरेको बताए । नेपालीले खेल क्षेत्रले समग्र जिल्लाकै पहिचान गरिमा उचो राख्न मद्दत पुर्याएको बताए ।

Facebook Comments

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ