तेक्वान्दोको प्रदेश नं ५ को छनोट प्रतियोगिता सम्पन्न

खेलकुद
0Shares

पाल्पा, बर्दघाटमा आई. टि.एफ्. तेक्वान्दोको प्रदेश नं ५ को छनोट प्रतियोगिता सम्पन्न भएको छ।
मिति २०७६/ ११/ १०, ११ गते काभ्रे आई. टि.एफ्. तेक्वान्दो संघ द्वारा आयोजित ११ औँ जुनियर राष्ट्रिय प्रतियोगिता बनेपा काभ्रेको लागि प्रदेश नं. ५ का बरिष्ठ उपाध्यक्ष श्री रितमान कामु मगरको नेतृत्वमा भएको छनोट प्रतियोगितामा भएको थियो । उक्त छनोट प्रतियोगितामा पुरुष एकल स्पायरिङ्ग तर्फ २०ं केजी तलको तौल समुहमा मौसम बिक नवलपरासी, २१-२५ के.जी. तौल समुहमा रणविर नेपाली दाङ, २६-३० केजी तौल समुहमा सुबिन ढकाल रुपन्देही, ३१-३५ केजी तौल समुहमा मन्जिल चौधरी रुपन्देही, ३६-४० केजी तौल समुहमा मिसन बुढा मगर दाङ, ४१-४५ केजी तौल समुहमा रोशन बुढा बाँके, ४६-५० केजी तौल समुहमा विशाल सेन दाङ्, ५१-५५ केजी तौल समुहमा सागर श्रेष्ठ रुपन्देही छनोट भएको छन् । त्यस्तै महिलाको एकल स्पायरिङ्ग तर्फ २०ं केजी तलको तौल समुहमा आयुष्मा गिरि दाङ, २१-२५ केजी तौल समुहमा बिसुता सुबेदी नवलपरासी,२६-३० केजी तौल समुहमा बिमला ढेङ्गा मगर नवलपरासी, ३१-३५ केजी तौल समुहमा सृया थापा रुपन्देही, ३६-४० केजी तौल समुहमा सुसिला थापा रुपन्देही, ४१-४५ केजी तौल समुहमा सरिता नेपाली दाङ, ४६-५० केजी तौल समुहमा चादनि सुनार नवलपरासी, र ५१-५५ केजी तौल समुहमा ममता गाहा पाल्पा छनोट भएको प्रदेश नं ५ आई टि एफ् संघका प्रमुख प्रशिक्षक कृष्ण थापाले जानकारी दिनुभयो ।
छनोट भएको खेलाडीहरुलाई बधाई तथा शुभकामना दिदै, खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गरेको भन्दै संघका बरिष्ठ उपाध्यक्ष कामु मगर खुसी ब्यक्त गर्नुभयो र यस्तै प्रदर्शनले राष्ट्रिय प्रतियोगितामा राम्रो नतिजा ल्याउन सक्ने आशा ब्यक्त गर्नुभयो ।
छनोट भएको खेलाडीहरुलाई यही १० र ११ गगेको राष्ट्रिय प्रतियोगितामा सहभागी हुने र उक्त टिमलाई प्रदेश नं ५ कस टिम कोच बिरेन्द्र कुवर र टिम व्यवस्थापक बिन्दु चौधरीको नेतृत्वमा सहभागी हुने कामु मगरले बताउनुभयो ।

Facebook Comments

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ