शम्भु माविको वि.व्या.स.अध्यक्षमा सारु

पुर्वखोला गाउँपालिका समाचार समाज
0Shares

पाल्पा, पाल्पाको पूर्वखोला गाउँपालिका २ जल्पा स्थित शम्भु माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा वडाअध्यक्ष निरबहादुर सारु चयन हुनुभएको छ । विद्यालयको शुक्रबार बसेको अभिभावक भेलाले सारुलाई अध्यक्षमा चयन गरेको हो । त्यस्तै सदस्यमा डोलबहादुर विक, जीवन बारघरे, यामकुमारी सारु, मनकुमारी विक, पारवती सारु, चित्रबहादुर कवर, निरबहादुर सारु, तुलबहादुर पेमी चयन भएका छन् । शिक्षक अभिभावक संघको अध्यक्षमा भीमबहादुर जर्घा, सदस्यहरुमा धनबहादुर सारु, मनकुमारी घर्ती, सरस्वती सारु, शान्ती बारघरे, मनबहादुर ठाडा, मिना कुवर, सेरबहादुर रखाल, निरबहादुर सारु, तुलबहादुर पेमी र बेदप्रसाद बस्याल चयन भएका छन् ।

Facebook Comments

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ