रम्भा गाउँपालिकाको मलेङ्गमा बुद्धको मन्दिर निर्माण

रम्भा गाउँपालिका समाचार समाज स्थानीय समाचार
0Shares

संगिता आचार्य
पाल्पा, पाल्पाको रम्भा गाउँपालिका–५ तल्लो मलेङ्गमा मुक्तबहादुर दिसुवाको सहयोगमा बुद्धको मन्दिर निर्माण गरिएको छ । दिसुवाको आर्थिक सहयोग र स्थानीय बासिन्दाको सक्रियतामा झण्डै ३ लाखको लगानीमा सो मन्दिर निर्माण भएको हो । मन्दिरको आज एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । जापानी नागरिक काजुमासाकाकीमी ओकेबजेकोले बुद्धको मन्दिर उद्घाटनगर्नुभएको हो । कार्यक्रममा वडा नं. ५ का वडाअध्यक्ष खुमाकान्त बस्याल, बुद्धिजीवी, स्थानीय लगायतको उपस्थिति रहेको थियो । गोरखनाथ युवा क्लवको पोखरी क्षेत्रको बीचमा सो मन्दिर निर्माण गरिएको स्थानीय निलम ढेङ्गाले जानकारी दिए । दिसुवाले व्रिटिश आर्मीबाट रिटायरपछिको जीवन समाज सेवामा विताउनुभएको छ । उहाँले गाउँमा खानेपानी, शिक्षा, स्वास्थ्य, सामाजिक संघ संस्थाका भवन निर्माण लगायतका समाजिक कार्यमा सहयोग गर्दै आउनुभएको छ ।

Facebook Comments

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ