ब्रह्माकुमारी इश्वरीय राजयोग प्रशिक्षण केन्द्र हार्थोकको भवन बन्दै

रिब्दीकोट गाउँपालिका समाज स्थानीय समाचार
0Shares

पाल्पा, रिब्दीकोट गाउँपालिका –३, हार्थोकमा रहेको ब्रह्मा कुमारी इश्वरीय राजयोग प्रशिक्षण केन्द्रको भवन निर्माण हुने भएको छ । भवन निर्माण गर्नको लागि रिब्दीकोट गाउँपालिका ३ नं. वडा अध्यक्ष विष्णु प्रसाद खनालको संयोजकत्वमा भेला आयोजनागरी भवन निर्माण समिति गठन गरिएको छ । ब्रह्मा कुमारी इश्वरीय राजयोग प्रशिक्षण केन्द्रले भवन निर्माणका लागि जग्गा प्राप्त गरेपछि उक्त भवन निर्माण गर्न लागिएको हो । जग्गादाता राधेलाल अमात्यले उक्त प्रशिक्षण केन्द्रका लागि जग्गा प्रदान गर्दै भवन निर्माणका लागि उहाँकै अध्यक्षतामा १३ सदस्यीय समिति निर्माण गरिएको छ । जसको उपाध्यक्षमा गीता खनाल, सचिवमा बासुदेव शर्मा, कोषध्यक्षमा मानकुमारी अधिकारी र सदस्यहरुमा चिरञ्जीवी अमात्य, विष्णु अधिकारी , दलबहादुर रुचाल, नारायण कार्की, नरेन्द्र आमात्य, टिका विक, पवित्रा खनाल, दुर्गा थैव र दधिराम नेपाल रहेका छन् । उक्त कार्यक्रममा ब्रह्मा कुमारी इश्वरीय विश्व विद्यालय पाल्पाका केन्द्र प्रमुख भनु शर्मा, ब्रह्माकुमारी दिदी प्रेमा शाहको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

Facebook Comments

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ