गाउँका बुढापाका किन सधै तगडा ?

स्वास्थ्य
0Shares

मानिस खुशी के मा हुन्छ ? सुखले खुशीलाई बोक्न सक्छ कि खुशी दुःखमै पनि फुल्न सक्छ ? यो प्रश्न एउटा दार्शनिक प्रश्न हो । सामान्यतया सुख र खुशी एकै सिक्काका दुई पाटा हुन् भन्ने भान धेरैलाई हुनसक्छ । त्यो कोरा कल्पनामा आधारित कुरा हो भन्दा फरक नहोला । खुशी केवल सुखबाट मात्रै होइन । त्योभन्दा धेरै दुःखबाट मिल्छ मानिसहरुलाई खुशी ।

कसैले लाखौं रुपैयाँ खर्च गर्दापनि प्राप्त गर्न नसकेको खुशी गाउँघरका मानिसहरुले सित्तैमा कसरी पाउँछन् ? न त उनीहरु कुनै तत्व ज्ञान पाएर खुशी भएका हुन् न त अरु कसैको कारणले । उनीहरु आफ्नो जीवनशैली भन्दा माथिको कुरा प्राप्तिको आशा नै राख्दैनन् । त्यही कारणले बुढेशकालसम्म पनि उनीहरुको जीवनशैलीमा कुनै बदलाव आउँदैन ।

गाउँले जीवन जिउनेहरुको बुढ्यौलीमा पनि तन्नेरी जोश आउने केही कारणहरु छन् । बुँदागत रुपमा भन्दा पहिलो त उनीहरुको खानपिन एकै किसिमको र पौष्टिक हुने गर्छ । दोस्रो कुरा उनीहरु जीवनभरी नै हाँसीखुशी जीवन बिताउँछन् । चिन्ताले मानिसहरुलाई आफैंमा कमजोर बनाउँछ । तर, उनीहरु त्यस्ता कमजोर बन्न रुचाउँदैनन् ।

तेस्रो कुरा हो, उनीहरुको परिश्रम । गाउँले जीवन सधैंभरी सक्रिय हुन्छ । त्यसैले उनीहरुको जीवन बुढ्यौली समयसम्म पनि सक्रिय भइरहन्छ ।

झुत्रो कपडा लगाएर छाप्रोमा बस्नेहरुको खुशी महलमा बस्नेहरुको भन्दा धेरै गुणा बढी हुनसक्छन् । कारण यही हो कि छाप्रोमा बस्नेहरुको सपनाले आकाश छोएको हुँदैन । जे सम्भव छ त्यही नै उसको कल्पनाको परिधिभित्र हुन्छ । तर, महलमा बस्नेहरुको घरसँगै सपनाले पनि महल छोएको हुन्छ । सोही कारण उनीहरुको दुख पनि अधिक हुने गर्छ ।

ओखलढुंगा जिल्लाको सुनकोशी गाउँपालिका वडा नं १ स्थित सिमलचौरका ८७ वषर्ीय पिताम्बर अधिकारी दुःखको पहाडलाई बिर्सिएर ओठमा मुस्कान देखाउन सक्ने खालका छन् । उनी सधैं हँसिला छन् । यसको अर्थ उनीभित्र कुनै पीडा छैन भन्ने होइन । ८७ वर्षमा समेत हट्टाकट्टा देखिने अधिकारीको मनमा अशान्तिको ज्वालामुखी गर्जिँदा पनि उनको ओठले त्यस्तो भाव अव्यक्त गर्दैन ।

उनकै ५५ वषर्ीय छोरा देवी प्रसाद अधिकारीको स्वभाव अलिक भिन्न छ । उनी आफ्नो पीडालाई आफैं भित्र लुकाएर बनावटी मुस्कान देखाउन नसक्ने स्वभावका छन् । उनीहरुको यो दुई पुस्ताबीच एउटै जिन हुँदापनि स्वभाव किन भिन्न भयो ? यसैभित्र लुकेको छ खुशी दुनियाँको राज ।

यस्तै देखिन्छ धादिङ जिल्ला ज्वालामुखी गाउँपालिकाका ४ का रामकृष्ण भण्डारीको जीवनमा पनि । उनी उमेरले ९२ वर्षका भए । ९२ वर्षसम्म पनि उनको दैनिकीमा थकाई भन्ने कुराले धेरै समय खाने गरेको छैन । ९० सालको भूकम्प देखेका उनी ४/५ वर्ष अघिसम्म गाउँ-बेसी गरेर नै खेतीपातीमा संलग्न थिए । तर, उमेरसँगै उनी अहिले घरआसपासको खेतमा मात्रै आफ्नो पौरख देखाउन सक्ने भएका छन् ।

भण्डारीको दैनिकी बिहान एक गिलास दूधसँगै सुरु हुने गरेको छ । उनलाई बरु खानाको त्यस्तो धेरै चासो छैन । बिहानको दूध उनको अनिवार्य खाना भित्र पर्छ । बिहान खाना खान्छन् । बिहानको खानाभन्दा अघि उनी कुनै न कुनै काम फत्ते गरेरै आएका हुन्छन् । बिहान १० बजेतिर उनको खाना खाने बेला हुन्छ ।

मकै खानको लागि उनको दाँत झरिसकेको छ । उनी बिहान खाना खाएपछि एकैपछि बेलुकाको खानाको प्रतीक्षामा हुन्छन् । तर, जे खान्छन् उनको रोजाईको भन्दापनि स्वास्थ्यको लागि फाइदाजनक खाना खाने गर्छन् । त्यसैले त उनी हट्टाकट्टा छन् ।

झट्ट हेर्दा धेरैलाई लाग्नसक्छ गाउँले जीवन धेरै दुःखी र संघर्षशील छ । तर, वास्तविकता अनुभूति भन्दा धेरै फरक छ । गाउँले जीवन शहरी जीवनशैलीभन्दा पक्कैपनि संघर्षशील छ । तर, दुःखी छैन ।

भनिन्छ, ‘संघर्षशील मानिसहरु कहिलै पनि मनका दुःखी हुँदैन ।’ उनीहरुमा अरु विषय सोच्ने फुर्सद पनि हुँदैन । नियमित जीवनशैली चलिरहन्छ त्यो पनि आफ्नै परिवेशमा । गाउँघरमा आफैंले उत्पादन गरेको दूध, आफैंले मथेको मही र आफ्नै बारीको स्वच्छ खानेकुरा । कुनै मिसावट छैनन् ती खानाहरुमा । बिहानदेखि रातिसम्मको जीवनशैलीमा बिश्रामको लागि कुनै समय छैन । दैनिक व्यायाम आवश्यक नै छैन ।

Facebook Comments

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ