पाल्पा दरबार संग्रहालय हेर्न आउने पर्यटक संख्यामा बृद्धि

समाचार समाज स्थानीय समाचार हेडलाइन १
0Shares

सुमन कार्की
पाल्पा, पछिल्लो समय पाल्पा दरबार संग्रालय हेर्न आउने पर्यटकहरु ह्यात्तै बढेका छन् । पाल्पा प्राकृतिक तथा धार्मिक एवं पुरातात्वीक हिसाबले महत्वपूर्ण मानिन्छ । प्राकृतिक सौन्दयताले भरिपूर्ण पाल्पाले सवैको मन लोभ्याउने गरेको छ । पाल्पामा रहेको धार्मिक तथा ऐतिहासीक स्थलहरुले स्वदेशी तथा विदेशी जो कोहीलाई आफू तर्फ आकर्षित गरेकै हुन्छ । पाल्पा आउने कुनै पनि पर्यटक एक पटक पाल्पा दरवार नहेरी फर्कने सायदै कोही नहोला ।
पाल्पाका तत्कालीन प्रशासक जनरल प्रताप समशेरले आफ्नो निजी आवास तथा प्रशासकीय भवनको प्रयोजनको लागि चुना, सुर्र्की ,गिट्टी तथा ईट्टाको मिश्रणबाट वि.सं. १९८२ मा पश्चिमी शैलीमा पाल्पाको तानसेनमा वर्गाकार दरवार निर्माण गराएका थिए ।
पाल्पा घुम्न आउनेहरु जो कोहीले पहिलो पटक तानसेन पुग्नासाथ खोज्ने सोध्ने ऐतिहासिक सम्पदा पाल्पा दरबार संग्रहालय हो भन्नु पर्दा फरक पर्दैन ५ नं. प्रदेशको मातहतमा रहेको पाल्पा दरबार संग्रहालय तानसेन बजारको विचभागमा अवस्थित रहेको छ । कार्तिक,मंसिर महिनालाई घुम्नको लागी राम्रो मौसम पनि हुने र उचित महिना पनि मानिने गरिन्छ , यससमयको सदुपयोग गर्देै पाल्पा घुम्न आउने आन्तरिक पर्यटकहरु पाल्पा दरवार नहेरी वा नघुमी फर्कने सायदै कमै होलान् ।
सुनसरीबाट घुम्न आएका स्वदेशी पर्यटक शिक्षक युवराज कटुवालले पनि पाल्पा दरबारको नाम सुनिरहेको तर हेर्ने अवसर नजुटेको हुनाले आफ्ना विद्यार्र्थीहरुलाई पाल्पाको ऐतिहासिक तथा पुरातात्विक दरबार के कस्तो अवस्थामा छ भनेर हेर्न आउदा पाल्पा दरबारमा पाल्पा दरबार संग्रालय संचालन भएको अवलोकन गर्न पाउदा सारै खुशीलागेको वताउदै आफ्ना विद्यार्र्थीहरुलाई पाल्पा दरबार अवलोकन गराएको बताउछन् । नेपालको दार्जिलिङ भनेर चिनिने तानसेन बजारको मुटुमा ४१ कोठा तथा गार्डेन सहितको पाल्पा दरबार संग्रहालय पुरातात्विक, ऐतिहासिक तथा पर्यटकीय हिसाबले प्रचुर संभावना बोकेको धरोहर प्रदेश नंं. ५ लुम्विनी अञ्चल, पाल्पा जिल्लाको ता.न.पा. ४ मखनटोल, तानसेन वजारको बीचमा अवस्थित छ ।
पाल्पा दरबार वि. स. २०६२ माघ १८ गते तत्कालीन बिद्रोही माओवादीको आक्रमणमा परी पूर्णरुपमा ध्वस्त हुन पुगेको थियो । दरबारमा भए गरेका भौतिक संरचनाहरु केही जलेर हराए त कति अनेत्र लगिए हाल दरवारलाई पुरानै तौर तरिकामा ल्याउने काम भैराखेको भए तापनि चुनौति रहेको छ । वि।।सं। २०६४ देखि २०७० सम्ममा पुरानै शैली र संरचनामा शहरी विकास तथा भवन निर्माण डिभिजन पाल्पा बाट रु. ७३३७२१३९९ सात करोड तेत्तीस लाख वहत्तर हजार एकसय उनञ्चालीस रुपौँयाको लागतमा दरबार पुन निमार्ण गरिएको हो । पुरानै शैली र संरचनामा यस दरवारको पुनः निर्माण कार्य वि।स। २०६४ सालमा सुरु भई २०७० सालमा सम्पन्न भएको हो । करीव ५ रोपनी हाता भित्र रहेको यो दरवार पाल्पा जिल्लाकै ठुलो स्मारकको रुपमा रहेको छ । चारतले यस भवनमा जम्मा ४१ कोठा छन् र भवनको वनावट राम्रो पार्न दरवारको अगाडि दुवै साइडमा एक एक वटा बुर्जा राखिएको छ । वर्गाकार रुपमा बनाईएको यो दरबारको बीचमा खुल्ला चोक रहेको छ ।
अरु समयमा भन्दा अहिले दशै तिहार विदाले गर्दा स्रग्रालय गुम्न आउने संख्या वृद्धि भएको दैनिक आन्तरीक तथा बाह्य गरेर २ सय ५० भन्दा बढि आउने गरेको संग्रालयका सह–लेखापाल चन्द्र वली बताउछन् । ं२०७२ साल देखि संग्रालय स्थापना भए पनि २०७३ साल देखि मात्र सर्वसाधारणको लागि खुल्ला गरिएको र दरबार भित्रका ६ वटा कोठाहरुमा संग्रालय पर्दशनीको लागी राखीएको र पर्यटन बर्ष २०२०लाई मध्यनजर गर्दे थप ६ वटा स्वकेशहरु थप्ने , ऐतिहासी तथा पुरातात्वीक वस्तुहरुको साथै पाल्पाका सेन वंशीय राजाहरुको फोटो पर्दशनी साथै २२ सय २४ सय राज्यको जानकारी मुलक लेखहरु समेत राखिएको चन्द्र वलीको भनाई छ ।
अर्घाखाँचीवाट दरवार हेर्न आएका एक युवक संग्रालयमा १०० वर्ष पुरानो ठुलो कराई देख्न पाउदा खुशी हुँदै पाल्पा दरवारको नाम मात्र सुनेको र युद्धमा ध्वस्तभएको छ भन्ने जानकारी पाएकोले गर्दा पनि के कस्तो अवस्थामा रहेको छ भनी साथीहरु सँग हेर्न आएको वताउदै जति मात्रामा संग्रालयमा हुनुपर्ने सामान तथा बस्तुहरु नभएको र पर्दशनीमा राखिने साम्रागी अलि बढि भएको खण्डमा अझै सबैको मन लोभ्याउन सक्ने बताउछन् । हाल यो दरबार संग्रहालय ५ नं.प्रदेश सरकार उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्रालयको मातहतमा रहेको छ । हाल कर्मचारीक दरवन्दी अनुसार पदपूर्ति नहुदा कार्य सम्पादनमा कठिनाई भैरहेको छ । संग्रहालयलाई पहिलाको अबस्थामा पुन जिवित गर्नको लागि दरबार भित्र क्षति हुनु भन्दा पहिला के कस्ता सामाग्रीहरु थिए सो सम्बन्धित अनुसंधान गरी त्यस्ता सामाग्री राख्नुपर्ने देखिन्छ ।
पाल्पा दरबार संग्रहालय नेपालीहरुको पुरातात्विक, ऐतिहासिक तथा पर्यटकीय हिसाबले महत्वपूर्ण धरोहर हो जुन विगतमा जे जस्तो भएता पनि अबका दिनमा यसलाई स्वच्छ रुपमा पर्यटकिय गन्तव्यको केन्द्र बनाउन सबैको ध्यान जानु जरुरी देखिन्छ ।

Facebook Comments

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ