तिनाउमा खानेपानी सरसफाई तथा स्वच्छता कार्यक्रम

तिनाउँ गाउँपालिका समाचार समाज स्थानीय समाचार
0Shares

पाल्पा, नेपाल रेडक्र सोसाईटी पाल्पा जिल्ला शाखाले तिनाउ गाउँपालिकामा खानेपानी सरसफाई तथा स्वच्छता कार्यक्रम गरेको छ ।
तिनाउ गाउँपालिका भित्रका ३० जना प्रशिक्षकहरुलाई पूर्ण सरसफाई गाउँपालिका घोषणा गर्न प्रशिक्षक प्रशिक्षण तालिम आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्तीले जानकारी दिए । तालिममा पूर्ण सरसफाई किन ? पूर्ण सरसफाई मार्ग दर्शन २०७३, पूर्ण सरसफाईका सूचकहरु, चर्पीको प्रयोग, सुरक्षित पानी, खानाको स्वच्छता, सावुन पानीले हात धुने अभ्यास, शौचालयको उचित प्रयास लगायत प्रयोगात्मक कुराहरु सिकाइएको थियो । कार्यक्रममा तालिम संयोजक कृष्ण सुवेदी, सरसफाई शाखाका डाइरेक्टर अमरमणी पौडेल, सुआहारा कार्यक्रम संयोजक जंग बहादुर घर्ती, परिक्षण लेखा अधिकृत तिलक श्रेष्ठ लगायतको सहभागिता रहेको थियो । गाउँपालिकालाई आगामी १ वर्षमा पूर्ण सरसफाई गाउँपालिका घोषणा गर्न नेपाल रेडक्रस सोसाईटी पाल्पा शाखा र तिनाउ गाउँपालिकाले आर्थिक तथा जनशक्ति परिचालन गर्ने र सुआहारा कार्यक्रमले प्राविधिक सहयोग गर्ने नेपाल रेडक्रस सोशाईटी पाल्पा शाखाका अध्यक्ष बुद्धिप्रसाद शर्माले बताए । तानसेनमा ४ दिनसम्म चलेको तालिम समापन समारोहमा रेडक्रसका मन्त्री केशव पौडेल, कोषध्यक्ष भीमसेन कार्की, तिनाउ उपशाखाको प्रमुख अमर प्रधान, प्रशिक्षक गंगा पुन र हरिकला कुमाल लगायतले बोलेका थिए ।

Facebook Comments

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ