कहाँ गए सिमानाका जङ्गे पिल्लर तार

विचार/ब्लग समाज
0Shares


बबिता थापा
रिब्दिकोट ०७ बतासे पाल्पा

भारतले सिमा मिच्दा सरकार कहाँ गए
सिमानाका जङ्गे पिल्लर तार
कहाँ गए
कालापानी लिपुलेख र सुस्ता हराउदा
गोर्खाली को खुकुरी र तरबार
कहाँ गए।।
भनिन्छ चार जात छत्तिस वर्णले भरिपूर्ण देश हाम्रो देश।
पृथ्वीनारायण शाह बलभद्र कुँवर भिमसेन थापा जस्ता अमर विभूति जन्मेको देश वाह साच्चिकै वीर गोर्खाली को देश तर बिडम्बना ती गोर्खालीले राखेको नाम अहिलेको भ्रष्टाचारि र दलालले घेरिएको देशमा कहिले उपलब्धि हुन सक्ला र।अाखिर यो कहिले सम्म सरकार??
यदि साच्चिकै हाम्रो देशको नेताहरुमा वीर गोर्खाली को रगत को छाप परेको छ भने अब चुप लागेर सहि रहेर युवा विदेशतिर पठाउने मात्र होइन त्यो पसिना यहि माटोमा बगाएर सुन फलाउन सिकाउनुहोस्।
पहिले वीर गोर्खाली यहि देशमा जन्मेर देश बचाउनकै लागि अाफ्नो ज्यान को बाजि लगाएर अमर बनेका हुन् तर अहिले जोगाएको नाम बेचेर सिमाना मिच्दा पनि चुप छ यो सरकार।
यदि यो सरकार पहिलेको जस्तै हुन्थ्यो भने लाखौ युवम बिदेशमा गएर अाफ्नो पसिना बगाएर धन अार्जन गर्नुपर्ने थिएन युवाले बाहिर बगाउने पसिना यहाँ बगाए पक्कै पनि स्विजरल्यान्ड बन्छ यो देश ।
हामीले पाठ पहिलेको विभूतिबाट सिक्नुपर्छ । सङ्घर्ष निरन्तर गर्नुपर्छ र देशलाई पर्दा ज्यान बचाउन बिदेशतिर होइन रगत बगाउन पनि पछि हट्नुहुन्न ।
हाम्रो देशको नाम नै काफि छ सरकार ।।
म के भन्न चाहान्छु भने युवाहरूको पासपोर्ट बनाउन मात्र सिपालु नहुनुहोस् ती युवालाई यहि जमाउन सिक्नुह‍ोस्।सङ्घर्ष गरेजस्तो ईनाम पाए सब त्यागी मरुभूमि कोहि जान्न । काम अाफैबाट सुरु गर्नुपर्छ र बन्छ देश ।
नेपाल अामा अाज रोएकि छन् किनकि पुर्खाले नाम राख्छ त्यो नाम अस्थायि सरकारले ढाल्छ तर किन यस्को जवाफ कसले दिन्छ ।।
जब हामी अाफै बलियो भए कसैले केही ढाल्न सक्दैन नाम सँगै पहिचान बनाउन सक्नुपर्छ।देशको शिर उच्च राख्ने हाम्रो काम हो यो गर्छौ पनि तर एकदुई जनाले गरेर मात्र भएन यसमा सरकारको पनि ध्यान जानुपर्छ ।फेरि यहाँ त भाषण एकातिर काम अर्कोतिर भईदिन्छ त्यस्तो नहोस् भाषणलाइ अब काममा बदल्नु होस् सरकार यदि मिलेर काम गर्ने हो भने युवा विदेश जानुपर्दैन स्वयम् विदेश बन्छ यो देश ।।।
स्थायि सरकार बनाउनुहोस् युवाहरुलाई बचाउनुहोस्
देशमै सुन फलाउनुहोस्
र चिनिन्छ वीर गोर्खाली को देश ।।।

Facebook Comments

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ