पाल्पाली युवा गायक प्रदिप गैरेको मुटु सिउनो सियोको भिडियो बजारमा

कला गित संगीत गित संगीत मनाेरञ्जन हेडलाइन २
0Shares

पाल्पा, पाल्पाली युवा गायक प्रदिप गैरेको मार्मिक मर्म स्पर्शी गीत मुटु सिउँनो सियोको भिडियो बजारमा आएको छ । पाल्पाको सिद्धेश्वरमा जन्मी केही बर्ष वैदेशीक रोजगारीमा पसिना समेत बगाएर नेपाल आएका प्रदिपले २०७४ सालदेखि आफ्नो पाइला साँगेतीक क्षेत्रमा टेकेका हुन् । यस अघि गैरेले आफ्नो पहिलो एल्बम लोक कमेडी भजन राम राम रामकृष्ण लिएर आएका थिए ।
मुटु सिउँनो सियोमा पाल्पाली गायक तथा हाँस्य कलाकार शिव भट्टराईको उत्कृष्ट शब्द लेखन र थेगो रहेको छ भने पाल्पाली ठिटो लोकप्रिय हाँस्य कलाकार शंकर घिमिरे (पण्डित बा) को निर्देशनमा बनेको हो । गीतमा प्रदिप गैरेलाई स्वरमा साथ दिएकी छिन् मिठो स्वरकी धनि दाङ्गकी चेली शान्ता घर्तिमगरले । गीतको एरेन्ज खेमगोपाल थापाले गरेका हुन् । भिडियोको छाँयाकन पाल्पाका रमणीय तथा धार्मिक स्थल राम्दी र तानसेन धु्रवघाटको बलपार्कमा गरिएको हो ।
मुटु सिउँनो सियोको म्युजिक भिडियोमा मोडल सपना थापा, सुरज सुर्यबंशी, शंकर घिमिरे, खेम गोपाल थापा र स्वयंम गायक गायिका प्रदिप गैरे र शान्ता घर्तिमगरको रहेको छ ।
भिडियोको छायाँकन तथा बजार व्यवस्थापन आशिका प्रोडक्सन पाल्पाले गरेको छ । गीतको सम्पादन विशाल फिल्म अनाम नगर काठमाण्डौंले गरेको हो । प्रदिप गैरे सानै देखि गीत संगीत मन पराउदै आएको र त्यस तर्फ बढि रुची भएकाले गर्दा नै आफु पनि यस क्षेत्रमा लागेको बताउछन् ।

Facebook Comments

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ