संसार बचाउने देवीको अवतार हो नारी

रिब्दीकोट गाउँपालिका विचार/ब्लग हेडलाइन १
0Shares

बबिता थापा
रिब्दिकोट–७, बतासे, पाल्पा

संसार बचाउने देवीको अवतार हो नारी
घर बचाउने पहिलो आधार हो नारी
परिवार समाज र देशसँग जुध्ने गर्छन् नारी
सबै ठाउँलाई बचाउछन् बरु आफै हारी ।।
नेपालको संविधान २०७२ पश्चात् राष्ट्रपति नारि भएको देश हो हाम्रो देश । पुरुष भन्दा नारिको संख्या पनि धेरै छ तर बिडम्बना नारीलाई नै दबाईएको छ किन ?? यो पीडा कहिले सम्म रहने कहिले हुन्छ नारिको सम्मान हाम्रो देशमा ?? भनिन्छ छोरी भनेको घरकि लक्ष्मि हुन् देवीको अवतार हुन् तर बिडम्बना पुरुषप्रधान देश भनी जुन छाप परेको यो देशमा नारी कहिले सम्म पिडित हुने ?? यहाँ नारीले पनि धेरै काम गर्न सक्छन् पाईलट बनेका छन् नारी सगरमाथा चढेका छन् नारी ।। अवसर पाए के गर्दैनन् र नारी परम्परागत सोच छोरा मान्छेको कुदृष्टि का कारण दबिएका छन् नारि तर यो सब कहिले सम्म ?? आजको युग २१ औ शताब्दीको युग हो पहिले भन्दा धेरै शिक्षित पनि छन् अहिलेका मानिसहरु तर समाजको गलत नजरले अहिले पनि पछि परेका छन् नारीहरु ।।
सबभन्दा हामी अघि बढ्नि हो भने हाम्रो सोच परिवर्तन गर्नुपर्छ सोच परिवर्तन नभए संसार परिवर्तन हँुदैन । यो समाजले छोरिलाई जहिले छोरी बन्ने मात्र विकल्प दिन्छ तर हामी मान्छे बन्ने निर्णय स्वयम् आफैले लिनुपर्छ ताकि कसैले हेप्न नसकोस्।मान्छे आफू गलत हुदैन उसको रोजाइ गलत हुन सक्छ त्यसैले हामी आफै परिवर्तन गर्नुपर्छ समाज । आखिरिमा घर चलाउने नारि समाज बचाउने नारि र दबिने पनि नारि विल्कुल हुन सक्दैन ।
छाउपडि प्रथाले वर्षमा धेरै नारिको अकालमा ज्यान गएको छ त्यो पीडा कसले सुन्ने र कहिले सम्म । राष्ट्रपति नारि भएको हैसियतले यदि उहाँले नारिलाई अगाडि बढाउन चाहानुहुन्छ भने उहाँको ध्यान छाउपडि अन्त्यतिर जाहोस् । ताकि कसैको ज्यान अकालमा नजाओस् । निर्मला पन्तको जस्तो ज्यान जादा पनि अपराधि नलुकाईयोस् । कानुन जन्ताको सुरक्षाको लागि हो भने अपराधि उहाँहरुबाटै नलुकाई यो स्वतन्त्र बाच्न पाउने अधिकार सबैलाई छ त्यसैले हाम्रो देशको कानुन बलियो बनोस् ।। देश अब पुरुषले मात्र होईन नारीले पनि चलाउनुपर्छ ।
विदेशमा गएर बेचिएर होइन देशमै सुन फलाउनुपर्छ । ।
आफ्नो नाम बचाउन आफै सङ्र्ष गर नारी
अरुको आस नगरि आफ्नो भर आफै पर नारी ।।।

Facebook Comments

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ