तिहारको माला बजारमा

कला गित संगीत गित संगीत
0Shares

सन्तोष बस्याल । पाल्पा, आउँदै गरेको तिहार लक्षित गरेर नयाँ देउँसी भैलो गित तिहारको माला बजारमा आएको छ । पाल्पाली गायिका टिना रानाले उक्त गित बजारमा ल्याएकी हुन । मौलिक भाका र शब्द समेटिएको गितमा शब्द संगित घनश्याम तिवारीको रहेको छ । गितमा टिना राना लाई सुमधुर स्वरका धनी गायक जिवन परियारले स्वरमा साथ दिएका छन् । बिदेश जानु पर्दाको पिडा र बिदेशबाट फर्किए पछी देशमै केही गर्ने सोच र माया प्रेमका शब्द गितमा सुन्न अनी हेर्न पाइन्छ । तिहारमा गरिने रमाइलो, झिलिमिलि बत्ती, सप्तरगीं टिका र मायालु संगको रमाइलो भिडियोमा समेटिएको छ । भिडियोमा गायिका रानाको आफनै छोरी आश्माले पनी अभिनय गरेकी छन । त्यसका अलावा भिडियोमा चर्चित मोडल सुमन थापा र अन्जु रानालाई पनी देख्न सकिन्छ । भिडियोलाई सन्तोष बस्यालले खिचेका छन भने सुमन थापाले निर्देशन गरेका हुन । उक्त गितको अडियो भिडियोलाई युनिक मुभिजले बजारमा ल्याएको छ ।
पुरा भिडियो हेर्नुहोस्

Facebook Comments

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ