जनसेवा सहकारीको साधारण सभा सम्पन्न

Uncategorized पुर्वखोला गाउँपालिका बैँक / वित्त समाचार स्थानीय समाचार हेडलाइन २
0Shares

पाल्पा, पाल्पाको पूर्वखोला गाउँपालिका २ जल्पामा श्री जनसेवा स्वाबलम्बन विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेडको बार्षिक साधारण सभा सम्पन्न भएको छ । सहकारीले शुक्रबार एक कार्यक्रमको आयोजनागरी २१ औं साधारण सभा गरेको हो । सभाको उद्घाटन गर्दै पूर्वखोला गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापाले सहकारीले गाउँघरमा छरिएर रहेको पुँजीलाई एकीकृत गरी समुदायको आवश्यकतालाई पूरा गर्ने र आर्थिक समृद्धिमा सहयोग पुर्याउने बताए । थापाले यस्ता सहकारीको गाउँटोलमा आवश्यक रहेको भन्दै सरकारले लिएको खुशी नेपाली र समृद्ध नेपालको परिकल्पना पूरा गर्न मद्दत गर्ने बताए । उनले गाउँ गाउँमा संचालित सहकारी संस्थाले स्थानीयको जीवनस्तर उकास्नन महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउदै गाउँपालिका भित्र संचालित सहकारी संस्थाहरुको विकास तथा व्यवस्थापनमा सहयोग गर्ने समेत प्रतिवद्धता व्यक्त गरे । सहकारीका व्यवस्थापक वेदप्रसाद देवकोटाले २ करोड ८२ लाख ३९ हजार ४ सय ४३ बराबरको आय व्यय गरेका थिए ।

सहकारी संस्थाका अध्यक्ष चित्रबहादुर कंवरले सहकारीको आगामी योजनाको ’boutमा जानकारी गराउँदै सहकारीले भवन निर्माण कार्य गर्ने, मृत्यु राहत कोषको बृद्धि, सुत्केरी पोषण भत्ता, सेयर पूँजीको बृद्धि लगायतका कार्यक्रमहरु अघि सारेको बताए । कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्य इश्वरी प्रसाद न्यौपाने, वेथल इङ्लिस बोर्डिङ स्कुलका प्रधानाध्यापक खेमबहादुर सारु, देवीनगर स्वाबलम्बन विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड यामबहादुर खत्री, महिला सहकारी संस्थाकी अध्यक्ष सिता आचार्य लगायतले बोलेका थिए । सहकारीले यसअघि सेयर सदस्यहरुलाई दशैलाई लक्षित गरी गत वर्षको नाफाबाट १२ लाख बराबरको नगद लाभांस समेत वितरण गरेको थियो । संस्थाका उपाध्यक्ष गंगाबहादुर बारघरेको स्वागतबाट सुरु भएको कार्यक्रम अध्यक्ष चित्रबहादुर कंवरको अध्यक्षता र सचिव प्रेमनारायण भट्टराईको संचालनमा भएको थियो ।

Facebook Comments

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ