राजु गैरेको प्रदेशीको दशै तिहार गीत बजारमा

कला गित संगीत गित संगीत मनाेरञ्जन हेडलाइन २
0Shares

पाल्पा, पाल्पाली कलाकार राजु गैरेको दशै तिहार विशेष कोसेली प्रदेशीको दशै तिहार लोक गीत बजारमा सार्वजनिक भएको छ । नेपालीको महान चार्ड दशै तिहारलाई लक्षित गर्दै गरैले तीजगीत लगत्तै प्रदेशीको दशै तिहार गीतको अडियो भिडियो बजारमा ल्याएका हुन् । गायक राजु गैरे र गायिका गौरी भट्टको स्वरमा रहेको गीत प्रसन्न म्युजिक प्रालिद्धारा सार्वजनिक भएको हो । सुभास जिसीले निर्देशन गरेको भिडियोमा स्वयम गायक गैरे र पुजनाले मुख्य अभिनय गरेका छन् । गीतमा नेपालीहरुले विदेशमा गएर भोग्नु परेको दुख, कष्ट, नेपाली दाजुभाईहरुको पीडा चाडवाड मनाउन नपाएको कुरा, घरपरिवारको दुखलाई चित्रण गरिएको छ । गीतले स्वर्ग जस्तो देश छोडेर बाध्यताले विदेशिनु परेको, दशै तिहार जस्तो सबै रमाउने पर्वमा आफू रुदै बस्नु परेको सन्देश दिन खाजेको छ । गैरेको गीतमा जति दुख भएपनि स्वदेशमै बस्नुपर्छ, विदेशमा धेरै दुख छ , जतिनै दुख परेपनि आफ्नो घरपरिवारसँगसँगै दुख सुखसँग रमाउनुको मजा छुट्टै हुन्छ भन्ने सन्देश दिन खोजिएको छ । आफ्नो देश घरपरिवार छोडेर विदेशिनुको पीडा, विदेशी भूमिमा आशु बगाउनु परेका कुराहरु गीतमा छ गायक गैरेले भने यसले जति पनि विदेशी भूमिमा पसिना बगाईरहेका नेपाली दाजुभाईहरुको वास्तविकता गीतमा समेट्न खोजिएको छ । यस अघि बम्बईको सारी तीज गीत बजारमा ल्याएका गैरेले भर्खरै बजारमा आएको प्रदेशीको दशै तिहार गीतले दर्शक तथा श्रोताको मन जित्न सफल हुने दाबी गर्छन् । दशै तिहार विशेष गीतमा बैदेशिक रोजगारमा रहेका नेपालीहरुको वास्तविकता शब्द, भिडियो र गीतमा मेलखाने गरी तयार गरिएको छ । एक पटक सबैलाई भिडियो हेरेर सल्लाह सुझाव दिन समेत गायक गैरेले आग्रह गरेका छन् । २०७५ साल देखि साँगेतीक यात्रा सुरु गरेका गरैले मसानघाट, बम्बईको सारी, दशैतिहार लगायतका आधा दर्शन बढी गीतमा शब्द संकलन तथा स्वर दिएका छन् ।

Facebook Comments

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ