आईटीएफ तेक्वाण्दोको जिल्ला स्तरीय स्पाइरिङ्ग टेक्निक्स सेमिनार

खेलकुद समाचार समाज हेडलाइन १
0Shares

पाल्पा, साउन ११, पाल्पामा आइटीएफ तेक्वाण्दोको जिल्ला स्तरीय स्पाइरिङ्ग टेक्निक्स सेमिनार सम्पन्न भएको छ । आवासिय आईटीएफ तेक्वाण्दो एकेडेमीको आयोजनामा शनिबार तानसेमा सो कार्यक्रम भएको हो । सेमिनारमा आवसिय, मालागिरी, तानसेन, बेथल, प्रिपेटोरी, मदरल्याण्ड, प्यारागन, विजु, प्रशान्ति, सगरमाथा र रामपुर आइटीएफ तेक्वाण्दो दोजाङ्गका २ सय २१ जना प्रशिक्षर्थी सहभागी भएका थिए । अन्तर्राष्ट्रिय प्रशिक्षक तथा पाल्पा जिल्ला आइटीएफ तेक्वाण्दो संघका उपाध्यक्ष कृष्ण थापाले प्रशिक्षण दिनुभएको थियो । सहभागीलाई तेक्वाण्दो टेक्निक सम्बन्धी सैद्धान्तिक तथा प्रयोगात्मक कुराहरु सिकाइएको छ । कार्यक्रमा प्रमुख अतिथि पाल्पा आवासिय माध्यमिक विद्यालयका प्रिन्सिपल अञ्जलिप प्रसाद श्रेष्ठले खेल मानव जीवनमा अपरिहार्य भएको भन्दै यसको सही सदुयोग गर्न सके जीवन पद्धतिलाई सहज र अनुशासन बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो । नेपाल आईटीएफ संघका केन्द्रीय अध्यक्ष तथा अन्तर्राष्ट्रिय प्रशिक्षक निर बहादुर सारुले खेलकुद क्षेत्रको महत्व र क्षेत्र फराकिलो बन्दै गएको भन्दै पछिल्लो समय स्वास्थ्यगत हिसावले पनि मानव जीवनमा खेलकुद अनिवार्य रहेको बताउनुभयो । आवासिय तेक्वाण्दो ऐकेडेमीका प्रमुख प्रशिक्षक श्यामबहादुर गाहाले यस्ता कार्यक्रमले पाल्पा जिल्लामा रहेका विभिन्न दोजाङ्गका खेलाडीहरु बीच सद्भाव कायम गरी खेलाडीहरुलाई खेल क्षेत्रमा उत्साहित बनाउन मद्दत पुग्ने बताउनुभयो । सोही अवसरमा एकेडेमीले आठौ राष्ट्रिय खेलकुलमा आईटिएफबाट स्वर्ण पदक विजेता पाल्पाका साजन पचभैयालाई सम्मान गरेको छ । नेपाल आईटीएफ संघका केन्द्रीय अध्यक्ष तथा अन्तर्राष्ट्रिय प्रशिक्षक निर बहादुर सारुको सभापतित्वमा भएको कार्यक्रमको संचालन पाल्पा आईटीएफ संघका सचिव नगेन्द्र मल्लले गर्नुभएको थियो ।

Facebook Comments

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ