पाल्पाको लुम्बिनी मेडिकल कलेजबाटै जन्मेको ४ घन्टामा नवजात शिशु गायव, प्रहरीले अनुसन्धान थाल्यो

राष्ट्रिय समाचार समाज हेडलाइन १
0Shares

पाल्पा । लुम्बिनी मेडिकल कलेज प्रभासबाट शुक्रबार दिउँसो नवजात शिशु गायब भएको खबर सार्वजनिक भएको छ । अस्पताल परिसरबाटै भएको यो घटनाबाट जिल्ला बासी अचम्मित भएका छन् ।


तानसेन नगरपालिका–९ की २२ वर्षीया जमुना रानाको नवजात शिशु अस्पतालबाटै हराएको भन्ने खवर पाएपछि प्रहरीले अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय पाल्पाका डिएसपी कृष्णराज सापकोटाले बताए । करिव साढे ३ बजेतिर शिशु हराएको हो । सुत्केरी व्यथा लागेर शुक्रबार नै मेडिकल कलेज प्रभास पुगेकी जमुनाले बिहान १२ बजे छोरा जन्माएको बताइएको छ ।


सुत्केरी जमुनाको रेखदेख गर्न उनकी आमासँगै थिइन् । सुत्केरी जमुना अर्धचेत अवस्थामा रहेको अवस्थामा उनकी आमा छोरीलाई ज्वानोको झोल ल्याइदिन बच्चा काखमा राखेर मेडिकल कलेजकै क्यान्टिनमा गएकी थिइन् । उनीसँगै एकजना अपरिचित महिलाले सहयोग गर्ने वहानामा सँगै गएको प्रत्यक्षदर्शीले बताए ।


ज्वानोको झोल जमुनाकी आमालाई लैजानुस् भनेर ती अपरिचित महिलाले बच्चा आफूले ल्याइदिने बताएकी थिइन् । तर, जमुनाकी आमा सुत्केरी छोरीसँग पुग्दासमेत ती महिला बच्चा लिएर नपुगेपछि मात्र खोजी सुरु भएको थियो । डिएसपी सापकोटाले भने । जमुनाकी आमा सरासर ज्वानोको झोल लिएर छोरी भएको हस्पिटलको माथिल्लो तलातिर लागिन । बच्चा समातेकी महिला मुलगेटबाट बाहिरिएको हुनुपर्छ । उनले भने । घटना’bout बेलुकी पाँच बजेमात्र प्रहरीलाई खबर भएको डिएसपी सापकोटाले बताए ।


अहिले एसपी दीपेन्द्र जिसीको नेतृत्वमा रहेको प्रहरी टोलीले घटना’bout अनुसन्धान थालेको छ । अस्पतालमा रहेको सिसि क्यामेराको फुटेजबाट अनुसन्धान गर्न खोजिएपनि अस्पतालको सिसि क्यामेरा समेत बिग्रिएकाएकोले अनुसन्धानमा समस्या भएको उनले बताए । घटना’bout थप अनुसन्धान भइरहेको छ । हराएको शिशुको खोजी कार्य समेत तीव्र बनाइएको प्रहरीले जनाएको छ । यस’bout थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । (थाहा खबरको सहयोगमा तयार पारिएको ।) फोटोः फाइल

साभार : पाल्पा समाचार डट कम

Facebook Comments

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ