युक्रान्द के हो

विचार/ब्लग हेडलाइन १
0Shares

एक्काइसौ शताब्दीका महान् विचारक एवं प्रज्ञा पुरुष ओसोले जीव जगत् र इश्वरको ’boutमा दर्शन जस्तो गहन विषयमा सरल शब्दमा समाजलाई बोध गराउने प्रयास गर्नुभएको छ । भौतिकताको घटाटोप अन्धकारमा अध्यात्मिक ज्ञानको आवश्यकता साथै हरेक मनुष्यले अवश्य जान्नुपर्ने विचार गर्नुपर्ने विषय पस्किनु भएको छ । अहिले सम्मका धेरै क्रन्तिहरुले आफ्नो गन्तव्य समात्न नसक्नुको कारण र अवको क्रान्तिको वास्तविक दिशा निर्देश गर्नु भएको छ । प्रस्तुत छ ओसोको कालजयी कीर्ति शिक्षा मे क्रान्ति पुस्तकबाट नेपाली भाषामा अनुवाद गरिएको युक्रान्द (युवक क्रान्ति दल) को बैठकलाई सम्बोधन गरिएको क्रान्ति नाद को एक अंश…
अनुवाद – विष्णु प्रसाद खनाल

युक्रान्द के हो
युवक क्रान्ति दलको पहिलो बैठकलाई संम्बोधित गर्दा म अत्यन्त आनन्दित छु । युवक क्रान्ति दलको सम्बन्धमा पहिलो कुरा यो सम्झनु जरुरी छ । कि म युवक कस्लाई भन्दछु । युवक क्रान्ति दलको दृष्टिमा युवक हुनुको सम्बन्ध उमेर र आयुबाट होइन । युवकको अर्थ हो यस्तो मन जो सदा सिक्नको लागि तत्पर छ । यस्तो मन जसलाई यस्तो भ्रम पैदा नभएको होसकी जुन जान्न योग्य थियो । त्यो जानिसकिएको छ । यस्तो मन जुन बुढो हुन गएको छैन र जो स्वयमलाई रुपान्तरित र बदल्नलाई तयार छ । बुढो मनको अर्थ हुन्छ यस्तो मन जो अब अगाडि यति लोच पूर्ण रहेको छैन की जसले नयाँलाई ग्रहण गर्न सकोस् । नयाँलाई स्वागत गर्न सकोस् बुढो मनको अर्थ हो पुरानो हुन गएको मन उमेरसँग त्यसको पनि कुनै सम्बन्ध छैन् । मानिसको शरिरको उमेर हुन्छ, मनको कुनै उमेर हुदैन, मनको दृष्टि हुन्छ धारणा हुन्छ । यस देशमा हजारौ वर्ष देखि युवक पैदा हुन बन्द भएको छ । यस देशमा बच्चापन आउछ र बुढ्यौली पन आउछ । युवक कहिल्यै पनि पैदा हुदैन । त्यो बीचको कडी हराएको छ । यसै कारण त देश यति पुरानो हुन गएको छ । यति जरा जीर्ण हुन गएको छ यति बुढो हुन गएको छ । जुन देशमा युवक हुन्छन त्यस देशमा यति बुढ्यौली आउने कुनै कारण छैन् । यो भन्दा बुढो देश पृथ्वीमा अन्यन्त्र कतै छ्रैन । हाम्रो पुरा आत्मा बुढो र पुरानो हुन गएको छ । हाम्रा सारा दुःख र पीडाका पछाडी आधारभूत कारण यो छ की हाम्रो पास युवा चित्त (योङ्ग माइण्ड छैन) युवक क्रान्ति दल यस देशमा युव चित्त पैदा गर्न चाहन्छ । युवा चित्तको अर्थ हो जो सख्त हुन गएको छैन । कठोर छैन, पत्थर हुन गएको छैन । अझैपनि वलीदान सक्दछ, रुपान्तरित हुन सक्छ अझै सिक्न सक्दछ उसले सबै कुरा सिकिसकेको छैन । स्वामी राम तीर्थको उमेर ३० वर्षको थियो र उनी हिन्दुस्तान बाहिर गएका थिए । पहिलो पटक उनले जापानको यात्रा गरे उनी जुन जहाजमा यात्रा गरिरहेका थिए त्यस जहाजको डेकमा एउटा जापानी बुढो जसको उमेर सायद ९० वर्षको हुदो हो जसका हात खुट्टा काम्दथ्ये । मुस्किलले हिडडुल गर्दथ्ये । आखाँ कम्जोर थिए, उसले चिनियाँ भाषा सिकि राखेका थिए । चिनियाँ भाषा पृथ्वीमा बोलिने भाषाहरुमा एक कठिन भाषा हो । चिनियाँ भाषा सिक्नु सामान्यतया धेरै श्रमको कुरा हो । कसैले दश, १५, २० वर्ष ठिकसँग मेहनत गर्यो भने चिनियाँ भाषा ठिकसँग निष्णात हुन सक्छ । २० वर्ष जसको लागि मिहनत गर्नु पर्छ । ९० वर्षको २० वर्ष जसको लागि मिहनत गर्नुपर्छ । ९० वर्ष बुढा जसलाई अब सिक्न सुरु गईरहेको छ, पागल हो । उसले त्यो कहिले सिक्ने उसलाई २० वर्ष अरु बाच्ने कुन आशा छ ? फेरी २० वर्ष बाचिहालेमा पनि र निष्णात भएपनि उसले चिनि भाषाको उपयोग कहिले गर्ने छ । जुन चिजलाई सिक्नमा १५, २० वर्ष खर्च गर्नुपर्छ त्यसको लागि पनि १०, २५, ५०, वर्षमा हातमा चाहिन्छ । उसले कहिले उपयोग गर्ने ? राम तीर्थ त्यसलाई देखेर दुःखी भए र उ विहानदेखि साँझसम्म सिक्ने काममा लागेको छ । होइन यो त हद भन्दा बाहिर भयो त उनले दोसा्रे दिन उ सँग सोधे की माफ गर्नु होला । तपाई यति बृद्ध हुनुहुन्छ ९० वर्ष भन्दा पनि बढी भइसक्नु भए जस्तो छ , तपाई यो भाषा सिकिरहनु भएको छ यो कहिले सिकिसक्नु हुन्छ । यो भाषा सिकिसकेपछि तपाई कतिवर्ष बाच्नु होला ? कहिलो यसको उपयोग गर्नु हुन्छ ? त्यस बुढो मान्छेले आँखा उठायो र भन्यो, तिमी कति वर्ष भयौ ? राम तीर्थले भने, मेरो उमेर करिव ३० वर्ष भयो । त्यो बुढो हाँस्न लाग्यो र उसले भन्यो, अब मैले यो कुरा बुझेकि हिन्दुस्तान यति कम्जोर यति हिम्मत हारा किन हुन गयो । उसले भन्यो जबसम्म म जीउदो रहन्छु तब सम्म केहिन केही सिकिनै रहन्छु अन्यथा जीवन बेर्थ हुन जाने छ । मर्नु त एक दिन छ नै त्यो त जुन दिन जन्म भयो त्यसै दिनदेखि तय छ । की एक दिन अवश्य मर्नु छ । यदी मैले मृत्युको ध्यान राखे भने सायद केही पनि सिक्न पाउदिन किन कि एक दिन मर्नु छ । तर जब सम्म जीउदो रहन्छु म पूर्ण रुपले जीउदो रहन चाहन्छु र पूर्णरुपले जीउदो त्यही रहनसक्छ । जो जीवनको एक, एक पल एक एक क्षण कुनै नयाँ कुरा सिक्नमा उपयोग गरिरहेको छ । जीवनको अर्थ हो दैनिक नयाँ नयाँ को अनुभव । जसले नयाँको अनुभव भन्द गर्यो उ मर्यो उसको मृत्यु पहिले नै भइसक्यो अब उसको अतृत्व बेकार छ । उ मरेपछि पनि कुनै प्रकारले जीइ रहेको छ । त्यस बुढो मानिसले भन्यो म सिक्ने छु, जब सम्म जीउने छु र प्रमात्मा सँग एउटै प्राथना छ की जब म मर्ने छु त मृत्युको क्षणमा पनि कुनै कुरा सिक्दा सिक्दै मरुँ ताकि मृत्यु, मृत्यु जस्तो नलागोस्, मृत्यु पनि जीवन जस्तै प्रतित होस् । सिक्ने प्रक्रिया हो, जीवन ज्ञानको उपलब्धी हो, जीवन । तर यस देशको दुभाग्य हो कि हामीले सिक्न त हजारौ वर्षबाट बन्द गरिदिएका छौ । हामी कुनै पनि नयाँ कुरा सिक्नलाई उत्सुक र तत्पर छैनौ । हाम्रो पराणको प्यास चिसो हुन गएको छ, हाम्रो चेतनाको ज्योति ठण्डा भएको छ । हामीलाई एक भ्रम पैदा हुन गएको छ कि हामीले सबै सिकिसक्यौ, हामीले सबै प्राप्त गरिसक्यौ, हामीले सबै जानिसक्यौ । जान्नको लागि अन्तत बाँकी छ । मानिसको ज्ञान कतिनै धेरै होस् त्यस विस्तारहको अगाडि नगन्य छ जुन जान्नको लागि सधै बाँकी नै रहन्छ । ज्ञान त थोरै छ अज्ञान बहुत ठूलो छ त्यस अज्ञानलाई जसले तोड्नु छ उसले सिक्दै जानुपर्छ सिक्दै जानुपर्छ ।
तर भारतमा यो सिक्ने प्रक्रिया र युवा हुने धारणा नै हराएको छ यहाँ हामी धेरै छिटो सख्त (कठोर हुन जान्छौ लोच छाडिदिन्छौ । बदला हटको क्षमता, रिसेष्टिविटी, ग्राहकता सबै छोडि दिन्छै एक जवान मानिससँग यो कुरा गर्यौ भने उ यस प्रकारको कुरा गर्दछ । जस्तो उसले आफ्ना सबै धारणाहरु सुनिश्चित गरिसकेको छ । उसको सबै ज्ञान रोकिएको छ उसको आँखामा इन्क्वायरी (अन्वेषण) को भाव देखिदैन, खोज देखिदैन । यस्तो लाग्दछ उसले पाइसकेको छ, जानी सकेको छ, सबै ठिक– ठिक छ । अगाडि अब केही गर्नलाई बाँकी छैन । प्राण यस प्रकार बुढो हुदै जान्छ । व्यक्तित्व यस प्रकार जराजीर्ण हुन जान्छ र हजार बर्षदेखि यस देशको व्यक्तित्व जराजीर्ण छ । क्रमश…

Facebook Comments

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ