पाल्पामा च्याउ खाएर मृत्यु हुनेको संख्या ६ पुग्यो

निस्दी गाउँपालिका समाचार हेडलाइन १
0Shares

पाल्पा । पाल्पाको निस्दी गाउँपालिकामा जङ्गलबाट ल्याइएको च्याउ खाएर बिरामी परेकामध्ये थप ४ जनाको ज्यान गएको छ । जङ्गली च्याउ पकाएर तरकारी खाएका निस्दी – ३ का ११ जना बिरामीमध्ये सोही स्थानका ८ वर्षीय सुमन सिंह ठकुरी, वर्ष १४ की निरुता सिंह ठकुरी, बर्ष १२ की निशा सिंह ठकुरी र बर्ष ४५ को पूर्ण बहादुर खाम्चाको उपचारकै क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । २९ वर्षीय दानमाया सिंह ठकुरी, बर्ष ३० की धन कुमारी सिंह ठकुरी, बर्ष ३६ की चन कुमारी खाम्चा मगर, बर्ष १५ की विमला खाम्चा मगरको उपचार भइरहेको र ८० वर्षीय प्रेम बहादुर ठकुरीको उपचार पछि डिस्चार्ज भएको प्रहरीले जनाएको छ । विरामीको अवस्था मध्यम रहेको बताइएको छ ।
११ जना बिरामीमध्ये नौ वर्षका निर्मलासिं ठकुरी र चार वर्र्षीय विष्णुसिं ठकुरीको यस अघि नै ज्यान गएको थियो ।
गत जेष्ठ २४ गते ११ जनाले जङ्गलबाट ल्याइएको च्याउको तरकारी पकाएर खाएका थिए ।

Facebook Comments

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ