पर्यटन विकास समिति निर्माण

पर्यटन रिब्दीकोट गाउँपालिका समाचार हेडलाइन १
0Shares

नवराज ज्ञवाली
पाल्पा, पाल्पाको रिब्दीकोट गाउँपालिका ४ भैरवस्थानमा वडा अध्यक्ष दुर्गा प्रसाद खनालको संयोजकत्वमा पर्यटन विकास समिति गठन भएको छ । बुधबार गठन गरिएको समितिमा सह संयोजक विष्णु माया सार्की, सदस्यमा तुल बहादुर अधिकारी, राजेन्द्र नेपाल, कमल पौडेल, गम्विर बहादुर आले, राजकुमार श्रेष्ठ, मिना सारु, सीता गोदार र मीना प्रधान चयन हुनु भएको छ । सदस्य सचिवमा ४ नम्बर वडा सचिव रामप्रसाद नेपाल रहनुभएको छ । ंगाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी खनाल संरक्षक रहनु भएको समितिको सल्लाहकारमामा प्रेमनाथ नेपाल, हुमलाल अधिकारी र तेज कुमार श्रेष्ठ रहनु भएको छ । समितिले रिब्दीकोट गाउँपालिका भित्र रहेका साँस्कृतिक धरोहर र प्राकृतिक स्रोत साधनलाई उपयोग गर्दै पालिका भित्र रहेको स्रोत साधनलाई संरक्षण गर्ने र तीनलाई प्रचार प्रसारमा ल्याएर रिब्दीकोट गाउँपालिकालाई प्रमुख पर्यटकीय गन्तव्यको नयाँ क्षेत्रमा विकास गर्ने लक्ष्य राखेको पर्यटन विकास समितिका संयोजक तथा वडा ४ का अध्यक्ष दुर्गाप्रसाद खनालले बताउनुभयो ।

Facebook Comments

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ