खानेपानीको समस्या टर्ने भएपछि साठिकोलका स्थानीयमा खुशीयाली

पुर्वखोला गाउँपालिका समाज स्थानीय समाचार हेडलाइन २
0Shares

पाल्पा, खरेडी सुरु भएपछि खानेपानीको जोहोकै लागि घण्टौ लाएर खोला कुवा धाउनु पर्ने बाध्यतामा रहेका पूर्वखोला गाउँपालिका २ जल्पा साठिकोलका स्थानीय अब यो समस्या टर्ने भएको छ । लिफ्ट खानेपानीको सुरु भएपछि यहाँ स्थानीयलाई खानेपानीको समस्या टर्ने भएको हो । वर्षौदेखि खानेपानीको समस्या भोग्दै आएका यहाँका स्थानी लिफ्ट खानेपानीको उद्घाटन भएपछि खुशी भएका छन् । टोलका ६३ घरधुरीलाई खाने पानीको अभावले गर्दा धारामा लाईन लागेर घन्टौ कुर्नु पनेॅ समस्यलाई हल गर्न यो योजना संचालन गरेको र योजनाले एक घर एक धारा को अवधारणालाई साकार पार्न मद्दत पुग्ने वडा अध्यक्ष निर बहादुर सारूले बताउनु भयो । खानेपानी तथा सरसफाई डिभिजन कार्यालय पाल्पा का प्राविधिक शोभाकर अधिकारीले आगामी आर्थिक वर्र्षमा यो योजना समपन्न हुने बताउनु भयो । खानेपानी तथा सरसफाई डिभिजन कार्यालय पाल्पाको सहयोगमा ९० लाखको लिफ्ट खानेपानी योजना संचालन हुँदैछ ।

Facebook Comments

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ