गाउँमै मौरी पालनबाट राम्रो आम्दानी

अर्थ/बाणिज्य कृषी पुर्वखोला गाउँपालिका समाज स्थानीय समाचार
0Shares

डोलबहादुर विक पाल्पा, पूर्वखोला गाउँपालिका २ जल्पाकी दिल कुमारी पाण्डेले मौरी पालनबाट मनग्य आम्दानी गर्न सफल हुनुभएकोछ । आधुनिक घारमा किसानको अकर्षण बढेका बेला दिलकुमारीले भने परम्परागत घारमैसोचे भन्दा बढी मह उत्पादन गर्दै आउनुभएको छ । दिलकुमारीको घरका भित्ता र गोठका भित्ता भरिनै मौरीका घार झुडिएका छन् । ५ जनाको परिवार रहेको दिलकुमारीको घर खर्च अहिले मौरीलेनै धानेकोछ । मह विक्री गरेर पारिवारिक खर्च कटाएर पनि मासिक २० हजार रुपैयाँ बचत गर्न सफल भएको दिल कुमारी बताउछिन् । दिल कुमारीको घरमा अहिले २५ वटा पुराना घारमा मौरी छन्। बारीमा तोरी हुने, वनमा फूलहरु फुल्ने समयमा मह राम्रो उत्पादन हुने र आम्दानी पनि राम्रो हुने गरेको उनको भनाई छ । उनले एक घारबाट बर्षमा ३ देखि ४ पटकसम्म मौरी काड्ने गरेकी छन् । मह विक्रीबाट भएको आम्दानी घर खर्च कटाएर बचत भएको पैसा दिलकुमारीले सहकारीमा बचत गर्ने गरेकी छन्। अहिले बजारमा महको माग बढ्दोछ दिलकुमारीले भनिन् अझ थप घारहरु विस्तार गर्ने सोच बनाएकोछु । पहिला ठूला व्यवहार परेगाउँमा ऋण खोज्दै भौतारिनु पर्ने उनलाई मौरीले यो समस्या टारेको छ । दिलकुमारीले गाउँ भरीकै मह काड्नेकाम समेत गर्छिन् । मौरीसंगै खेल्नेर रमाउने बनी परिसक्यो दिकुमारीले भनिन्मह काड्ने बेला भएपछि गाउँका सबैले बोलाउनुहुन्छ अरुको पनि निशुल्क रुपमा मह काड्दिने गरेको छु। कुनै अनुदान तथा प्राविधिक ज्ञान विनै मौरी पालन सुरु गरेकी दिनकुमारीलेमौरी पालनलाई थप विस्तार गर्ने सोच बनाएकोबताउछिन् । कम लागत, कम मेहनतमा पनि यसबाट राम्रो आम्दानी लिन सकिने भएपछि मौरी पनलनमा यहाँका किसानहरुको आकर्षण बढ्दोछ । मौरी पालनका लागि गाउँपालिकालेपनि यहाँका किसानलाईअनुदान तथा प्राविधिक सहयोग गर्दै आएको छ । मौरी पालनको राम्रो सम्भावना देखेर किसानलाई आत्मनिर्भर बनाउने उद्देश्यले स्थानीय जीतबहादुर बयाम्बुलाईअनुदानमा मौरी सहितको १० घार उपलब्ध गराइएको वडा अध्यक्ष नीर बहादुर सारुले जानकारी दिनुभयो। वरिपरिका घरबारी तथा वन जंगलमा रहेका फलफूल तथा पुष्पकोप्रयोगलेमौरी पालन गर्नसकिने र मौरीका कारणबाट फलफूलहरुमा राम्रो परागसेचन भईउत्पादन समेत बृद्धि हुने हुँदा यसबाट दोहोरो फाइदा लिन सकिनेकृषि प्राविधिककोभनाईछ ।

Facebook Comments

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ