कुरीलो खेतीबाट राम्रो आम्दानी गर्दै घिमिरे

कृषी रोजगार समाज
0Shares

पाल्पा, पाल्पाको बगनासकाली गाउँपालिका बराङ्दीका जीवराज घिमिरेले कुरीलो खेतीबाट राम्रो आम्दानी गर्नु भएको छ । नेपालमै पहिलो पटक व्यवसायिक फर्मका रुपमा दर्ता गरी कुरीलो खेती सुरु गर्नु भएका घिमिरेले मिहनत र जागर भए स्वदेशमै मनग्य आम्दानी गर्न सकिन्छ भन्ने उदाहारण दिनुभएको छ । यतिवेला घिमिरेका परिवार आप्mनो कुरीलोवारीमा व्यस्त देखिन्छन् । उहाँले ३ रोपनी जग्गामा अहिले नयाँ र पुराना गरी २ हजार गाँज कुरिलो लगाउनुभएको छ । यसमा घिमिरेलाई श्रीमती लुमकला घिमिरे समेत साथ छ । घिमिरे दम्पनी विहान र साँझ कुरीलोको स्याहार सुसारमै व्यस्त बन्नुहुन्छ । गत आर्थिक वर्ष ३ लाख रुपैयाँको कुरीलो विक्री गरेका घिमिरेले यस वर्ष ५ लाख रुपैयाँको विक्री गर्ने लक्ष्य रहेको बताउनुहुन्छ । यहाँ उत्पादन भएका कुरीलो बारीबाटै र बजारमा सहज रुपमा विक्री हुँदै आएको छ घिमिरेले भन्नुभयो अहिले बजारमा यसको माग बढी भएपनि माग अनुसार उत्पादनमा कमी छ । कम लगानीबाट व्यवसाय सुरु गरी आम्दानी बढी मात्रामा लिन सकिने भएकाले पनि कुरीलो खेती तर्फ जिल्लाका किसानहरु आकर्षित भएका हुन् । रसायनिक मल, रसायनिक विषादीको प्रयोग विना उत्पादन लिन सकिने भएपछि यो खेती तर्फ किसानको आर्कषण बढेको घिमिरेको भनाई छ । घमिरेको देखाशिखीबाट अहिले जिल्लाको रामपुर, तानसेन नगरपालिका, रिब्दीकोट, रैनादेबी गाउँपालिकाका कृषकहरुले व्यवसायीक उत्पादनको थालनी गरेका छन् । नगदेबालीमा किसानलाई आकर्षित गर्न यहाँका स्थानीय सरकारले पनि अनुदान तथा प्राविधिक सहयोग गर्दै आएका छन् ।

Facebook Comments

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ