बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या ६७ पुग्यो

काठमाडौं । अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या ६७ पुगेको छ । मृत्यु हुनेमध्ये २६ महिला र ४१ पुरुष छन् । बाढी, पहिरो र डुबानमा परी काठमाडौंमा ३ जना, मकवानपुरमा ६ जना, ललितपुर, रौतहट र भोजपुरमा ५/५ जना, ओखलढुंगा, सिराहा र सिन्धुलीमा ४/४ जना, खोटाङ, धनुषा […]

Continue Reading

पाल्पाको लुम्बिनी मेडिकल कलेजबाटै जन्मेको ४ घन्टामा नवजात शिशु गायव, प्रहरीले अनुसन्धान थाल्यो

पाल्पा । लुम्बिनी मेडिकल कलेज प्रभासबाट शुक्रबार दिउँसो नवजात शिशु गायब भएको खबर सार्वजनिक भएको छ । अस्पताल परिसरबाटै भएको यो घटनाबाट जिल्ला बासी अचम्मित भएका छन् । तानसेन नगरपालिका–९ की २२ वर्षीया जमुना रानाको नवजात शिशु अस्पतालबाटै हराएको भन्ने खवर पाएपछि प्रहरीले अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय पाल्पाका डिएसपी कृष्णराज सापकोटाले बताए । करिव […]

Continue Reading

असार २२ गते नेपाल बन्द होईन : विप्लव

काठमाडौं, नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले यही असार २२ गते नेपाल बन्द आयोजना गरेको भन्दै विभिन्न अनलाइन सञ्चारमाध्यमले प्रेषित गरेको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । नेकपाले भनेको छ, ‘२२ गते पार्टीले कुनै बन्दको कार्यक्रम आयोजना गरेको छैन तर विभिन्न सञ्चारमाध्यममा बिनातथ्य बन्द भन्दै प्रचारप्रसार गरिएको पाइयो, यो गलत हो ।’ […]

Continue Reading

एसईईको नतिजा आज सार्वजनिक हुँदै

भक्तपुर, ११ असार । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसईईको नतिजा बुधबार सार्वजनिक गर्ने तयारी गरेको छ । वि सं २०७५ चैत १० गतेदेखि सञ्चालन गरिएको एसईई परीक्षाको नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको कार्यालयले जनाएको छ । कार्यालयले बुधबार परीक्षा सार्वजनिक गर्ने गरी तयारी गरेको बताउँदै कुनै प्राविधिक त्रुटी […]

Continue Reading

पाल्पाको रामपुरमा जीपको ठक्करबाट बृद्धाको मृत्यु

सुशीला रेग्मी : पाल्पाको रामपुरमा जीपको ठक्करबाट एक बृद्धाको मृत्यु भएको छ । रामपुर नगरपालिका वडा नं ४ स्थित ईस्लामपुरमा ग २ च ३०९४ नम्बरको बोलेरो जीपले ठक्कर दिदा ईस्लामपुर बस्ने ७५ वर्षिय सकिना मियाँको मृत्यु भएको ईलाका प्रहरी कार्यालय रामपुरले जानकारी दिनुभएको छ । मियाँको उपचारको क्रममा रामपुर अस्पतालमा मृत्यु भएको हो । ठक्कर […]

Continue Reading

यसरी बनाउने पाल्पाली चुकाउनी

पाल्पाको ढाका जस्तै सर्वपि्रय परिकार हो, चुकाउनी । हुन त हामीकहाँ यस्ता थुप्रै खानेकुरा छन्, जसले अपेक्षित व्यापकता पाउन सकेको छैन । तपाईं सुदूर पूर्वको कुनै गाउँमा पुग्नुहोस् वा पश्चिमको दूर-दराजमा । केही न केही रैथाने परिकारको स्वाद फेर्न सक्नुहुनेछ । त्यहीका उत्पादनबाट, त्यहीका चुल्होमा पाक्ने खान्कीको स्वाद तपाईंले अन्यत्र फेला पार्न सक्नुहुन्छ । यस्ता […]

Continue Reading

न्यायिक समिति : मेलमिलाप पद्धतिमार्फत् मुद्दाको छिनोफानो

पाल्पा, स्थानीय न्यायिक समितिले मुद्दाको मेलमिलाप पद्धतिमार्फत् छिनोफानो गर्न थालेका छन् । स्थानीय न्यायिक समितिको क्षेत्राधिकारभित्र रहेर मेलमिलापमार्फत् मुद्दा किनारा लगाएका छन् ।  मेलमिलापको माध्यमबाट मुद्दाको छिनोफानो गर्दा पक्ष र विपक्षको सम्बन्ध राम्रो हुने र समयको बचत हुँदा स्थानीयतहले मेलमिलाप पद्धति अपनाएको हो । तिनाउ गाउँपालिकाका उपाध्यक्ष तथा स्थानीय न्यायिक समितिका संयोजक दमन्ती थापाका अनुसार […]

Continue Reading

सार्वजनिक यातायातमा किशोरी असुरक्षित, ६ महिनामा ११८ पक्राउ

काठमाडौं, ४ चैत । ललितपुरको बालकुमारीबाट कुमारी (१८) सार्वजनिक बसमा चढिन् । कोटेश्वर जानलाई उनी बा ३ ख ४०४६ नम्बरको बसमा चढेकी थिइन् । गाडी खचाखच थियो, जसको फाइदा उठाएर सहचालकले किशोरीको हात छुन खोजे । उनलाई असजिलो महसुस हुने गरी धक्का दिए । घटना गत ६ फागुनको हो । ‘सुरुमा म आफैं पर गरेर […]

Continue Reading

सिके राउतसँग सरकारले गरेको सम्झौता राष्ट्रघाती : देउवा

डोलबहादुर विक पाल्पा, चैत्र २, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सिके राउतसँग सरकारले गरेको सम्झौता राष्ट्रघाती भएको बताउनु भएको छ । नेपाल प्रेस युनियन पाल्पाले तानसेनमा आज गरेको पत्रकार सम्मेलनमा बोल्दै देउवाले नेपालको कुनै पनि भूभागलाई टुक्राउने कुरा सहिय नभएको बताउनुभएको हो । सिके राउतले जनमत संग्रहभनेर बोलि रहेको, तर प्रधानमन्त्री केपीशर्मा ओलीले खण्डनसमेत नगरेको […]

Continue Reading

जनतालाई स्वच्छ खानेपानी उपलब्ध गराउन सरकार संवेदनशील छ : मन्त्री बिना मगर

सुमन कार्की पाल्पा, खानेपानी मन्त्री माननीय बिना मगरले जनतालाई स्वच्छ खानेपानी उपलब्ध गराउन सरकार संवेदनशील रहेको बताउनु भएको छ । माथागढी ३ सराइ कसेनीमा संचालित खानेपानी योजनाको उद्घाटन गर्दै मन्त्री मगरले खानेपानीसँग महिलाहरुको प्रत्यक्ष सम्बन्ध हुने उल्लेख गर्दै महिलाको कार्य बोझ घटाउन खानेपानीको प्रबन्ध गर्नु आवश्यक रहेको बताउनु भयो । उहाँले पानीका मूलहरु सुक्दै गएकोमा […]

Continue Reading